इंग्ल्याण्डसंगको खेलमा भारत जित्ने कामना गरेका पाकिस्तानी फ्यानहरुलाई इंग्ल्याण्डको जितले स्तब्ध बनाएको छ।
इंग्ल्यान्ड हारेको भए पाकिस्तानको सेमीफाइनल यात्रा सहज बन्थ्यो। भारत हार्दा सेमीफाइनल पुग्न कठिन भए पनि पाकिस्तानको अझै सम्भावना बाँकीनै छ।
विश्वकप सेमीफाइनलमा ८ खेलमा १४ अंक बटुल्दै अस्ट्रेलियाले प्रवेश निश्चित गरिसकेको छ भने समान ११ अंक बटुलेको भारत र न्युजिल्याण्ड पनि सेमीफाइनल पुग्ने निश्चित जस्तो छ।
सेमीफाइनल पुग्ने चौथो टिम बन्न आयोजक इंग्ल्याण्ड र पाकिस्तानको कडा प्रतिस्पर्धा देखिएको छ भने बंगलादेशको पनि सम्भावाना मुस्किल देखिए पनि सकिएको भने छैन। भारतलाई इंग्ल्याण्डले पराजित गरे पछि श्रीलंकाको सेमीफाइनल पुग्ने झिनो सम्भावनाको अन्त्य भएको छ।
अंकतालिकामा इंग्ल्याण्डको ८ खेलमा ५ जित सहित १० तथा पाकिस्तानको ८ खेलमा ४ जित सहित ९ अंक रहेको छ। बंगलादेशको ७ खेलमा ३ जित सहित ७ अंक रहेको छ।
दक्षिण अफ्रीका, श्रीलंका, अफगानिस्तान र वेस्ट इन्डिज सेमीफाइनल रेसबाट बाहिरीसकेका छन्।
अंकतालिका
विश्वकपमा बाँकी खेलहरु :-
जुलाई १ – श्रीलंका Vs वेस्टइन्डिज
जुलाई २ – बंगलादेश Vs भारत
जुलाई ३ – इंग्ल्याण्ड Vs न्युजिल्याण्ड
जुलाई ४ – अफगानिस्तान Vs वेस्टइन्डिज
जुलाई ५ – पाकिस्तान Vs बंगलादेश
जुलाई ६ – श्रीलंका Vs भारत , अस्ट्रेलिया Vs दक्षिण अफ्रीका
सेमीफाइनल पुग्न कुन टिमले अब के गर्नुपर्छ
इंग्ल्याण्ड :
इंग्ल्याण्डले जुलाई ३ मा न्युजिल्याण्डसंग खेल्न बाँकी रहेको छ।
इंग्ल्याण्डले न्युजिल्याण्डलाई पराजित गरे सेमीफाइनलमा स्थान पक्का गर्नेछ। यदी इंग्ल्याण्ड न्युजिल्याण्डसंग पराजित भएको खण्डमा भने पाकिस्तानले बंगलादेशसंग हार्नुपर्नेछ साथै बंगलादेशले बाँकी रहेको २ खेल मध्ये कम्तिमा एउटा खेलमा हार्नुपर्नेछ।
पाकिस्तान :
पाकिस्तानले अब जुन ५ मा बंगलादेशसंग खेल्नेछ।
भारतले इंग्ल्याण्डसंग पराजित भए पछि पाकिस्तानको सेमी फाइनल यात्रा कठिन भए पनि अझै सम्भावना जिवितै छ। अब पाकिस्तानले अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेर मात्रै पुग्दैन त्यो संगै अर्को खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई समेत पराजित गर्नुपर्नेछ। इंग्ल्याण्डले न्युजिल्याण्डलाई पराजित गर्यो भने पाकिस्तानको सम्भावना असम्भव जस्तो छ किनकि न्युजिल्याण्डको नेट रन रेट ( +०.५७२ ) पाकिस्तानको नेट रन रेट ( -०.७९२ ) भन्दा निकै माथि रहेको छ।
बंगलादेश :
बंगलादेशले अब भारतसंग जुलाई २ मा र पाकिस्तानसंग जुलाई ५ मा खेल्नेछ।
बंगलादेशको मात्र ७ अंक रहेको छ र भारत र पाकिस्तान जस्तो कठिन टिमसंग खेल्न बाँकी छ। उसले बाँकी दुवै खेलमा जित हाँसिल गरेको खण्डमा र इंग्ल्याण्डले न्युजिल्याण्डसंग हार बेहोरेको खण्डमा सेमीफाइनल पुग्ने सम्भावना रहन्छ।
भारत :
भारतले बंगलादेशसंग जुलाई २ र श्रीलंकासंग जुलाई ६ मा खेल्नेछ।
भारत अंक तालिकामा ११ अंक सहित दोश्रो स्थानमा रहेको छ। भारतले बाँकी २ खेल मध्ये एउटा खेलमा जित हाँसिल गरे सेमीफाइनलमा स्थान पक्का गर्नेछ। यदी बाँकी दुवै खेलमा भारत पराजित भए नेट-रन रेटको हिसाबको आधारमा पनि भारत अघि बढ्न सक्छ।
न्युजिल्याण्ड :
न्युजिल्याण्डले इंग्ल्याण्डसंग जुलाई ३ मा खेल्नेछ।
११ अंक सहित अंक तालिकामा तेश्रो स्थानमा रहेको न्युजिल्याण्डले समुह चरणको अन्तिम खेलमा इंग्ल्याण्डको सामना गर्दैछ। भारतले इंग्ल्याण्डलाई हिजो पराजित गरेको भए न्युजिल्याण्ड स्वतः सेमीफाइनल पुग्थ्यो।
अब न्युजिल्याण्डले इंग्ल्याण्डलाई पराजित गरे सेमीफाइनल प्रवेश पक्का गर्नेछ। यदी न्युजिल्याण्ड पराजित भए नेट रनरेटको हिसाबको आधारमा सेमीफाइनल भबिष्य तय हुनेछ। इंग्ल्याण्डसंग ठुलो अन्तरले पराजित भए र पाकिस्तानले बंगलादेशलाई ठुलो अन्तरले पराजित गरेमा न्युजिल्याण्डको नेट रन रेट कम हुन सक्छ नत्र सेमीफाइनल पुग्न न्युजिल्याण्डलाई मुस्किल छैन।