रिजवान र अलि चम्किदा पाकिस्तानको सिरिज जित, बाबरको विश्वकिर्तिमान

२०७८ बैशाख १२, आईतवार १९:००

निर्णायक तेश्रो खेलमा घरेलु टोलि जिम्बाब्वेलाई २४ रनले पराजित गर्दै भ्रमण टोलि पाकिस्तानले तिन वटा टि-ट्वान्टीको सिरिज २-१ ले जितेको छ।

हरारे स्थित हरारे स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा पाकिस्तानले दिएको १६६ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर १४१ रन मात्र बनाउन सक्यो।

जिम्बाब्वेको आगी ओपनर वेसले मधिभीरेले सर्वाधिक ५९ रन बनाए जुन क्रममा ४७ बलमा ७ चौका प्रहार गरे। यस्तै तडीवानाशे मरुमनीले ३५ रन, ब्रेण्डन टेलरले २० रन तथा तरिसाई मुसाकान्डाले १० रन बनाए।

जिम्बाब्वेले एक समय १३.२ ओभरमा १०२ रन बनाउदा मात्र १ विकेट गुमाएको थियो। १४ औं ओभरमा मरुमनी र १६ औं ओभरमा मधिभीरे आउट भएपछि पाकिस्तान खेलमा हावी बन्यो। पेसर हसन अलिले ४ विकेट लिंदै पाकिस्तानी मध्यक्रम तहस नहस पारे।

पाकिस्तानको बलिंगमा हसन अलिले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १८ रन मात्र खर्चिए। हरिस रौफले २ विकेट तथा मोहम्मद हसनैनले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको पाकिस्तानले २० ओभरमा ३ विकेट क्षेतीमा १६५ रन बनाएको थियो।

पाकिस्तानी ओपनर मोहम्मद रिजवानले अविजित इनिंग्स खेल्ने क्रममा ९१ रन बनाए जुन क्रममा ६० बलमा ५ चौका र ३ छक्का प्रहार गरे। कप्तान बाबर आजमले ५२ रन बनाए जुन क्रममा ४६ बलमा ५ चौका प्रहार गरे।

ओपनर शर्जिल खान १८ रन बनाएर पाँचौ ओभरमा आउट भएपछि रिजवान र आजमले दोश्रो विकेटको लागि १२४ रनको साझेदारी गरे।

जिम्बाब्वेको बलिंगमा लुक जोंग्वेले सबै ३ विकेट ( ४-०-३७-३ ) लिए।

 

खेलको प्लेयर अफ द म्याच हसन अलि चुनिए भने प्लेयर अफ द सिरिज मोहम्मद रिजवान चुनिए। रिजवानले ३ खेलमा २ वटा अर्धशतक प्रहार गर्दै कुल १८६ रन बनाए।

सिरिज अन्तर्गत पहिलो खेल पाकिस्तानले ११ रनले जितेको थियो भने द्श्रो खेल जिम्बाब्वेले १९ रनले जितेको थियो। दुई देश बीच अब अप्रिल २९ तारिख देखि दुई वटा टेस्टको सिरिज सुरु हुनेछ।

बाबरको विश्वकीर्तिमान

बिराट कोहलीलाई पछि पार्दै पाकिस्तान कप्तान बाबर आजम टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २ हजार रन पुरा गर्ने ब्याट्सम्यान बनेका छन्। बाबरले मात्र ५२ इनिंग्समा २ हजार रन पुरा गरेका हुन्। यस अघि बिराट कोहलीले २०१८ मा २ हजार रन ५६ इनिंग्समा पुरा गर्दै यो किर्तिमान बनाएका थिए। बाबरको कुल रन २०३५ पुगेको छ। तेश्रो छिटो अस्ट्रेलियाका आरोन फिन्चले ६२ खेलमा २ हजार रन पुरा गरेका थिए।

यो पनि पढ्नुस 

https://wicketnepal.com/kushal-bhanai-after-final-wn21/

https://wicketnepal.com/kkr-vs-rr-ipl-m18-report-wn21/

https://wicketnepal.com/kushal-world-youngest-to-score-fifty-wn21-t20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy