पाकिस्तानी शिर्ष खेलाडीद्वारा पिसिबीसंग म्याच फि बढाउन माग

पाकिस्तानका शीर्ष पाकिस्तानी क्रिकेटरहरुले पाकिस्तान क्रिकेट बोर्ड ( पिसिबी ) संग म्याच फिस बढाउन माग गरेका छन्।

पाकिस्तान कप्तान आजम, विकेटकिपर मोहम्मद रिजवान, अलराउण्डर हसन अलि र फास्ट बलर शाहिन शाह अफ्रिदीले बोर्डसंग म्याच फिस बढाउन विचार गर्न अपिल गरेको पाकिस्तानी वेबसाइटले लेखेको छ। चार जना खेलाडीहरुलाई भर्खरै पाकिस्तान बोर्डले ‘ए’ ग्रेड कन्ट्रयाक्ट दिएको थियो।

क्रिकेटपाकिस्तान डटकममा प्रकाशित रिपोर्टका अनुसार खेलाडीहरु टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टि-२० अन्तर्राष्ट्रियको म्याच फि नबढाएकोमा खुसि छैनन्। जुलाईमा बोर्डले खेलाडीहरुको प्रदर्शनको आधारमा २०२१-२२ को लागि २० खेलाडीलाई केन्द्रिय अनुबन्ध घोषणा गरेको थियो जसमा तिनवटै फर्म्याटमा सबै ग्रेडको खेलाडीहरुको म्याच फि समान थियो।

उक्त अनुबन्धमा बाबर, रिजवान, हसन र शाहिनलाई मात्र ‘ए’ ग्रेडमा राखिएको थियो भने सिनियर खेलाडीहरु पूर्वकप्तान द्वय अजहर अलि र सरफराज एहमदलाई बि र सी ग्रेडमा झारिएको थियो। भेट्रान खेलाडीहरु मोहम्मद हफिज, शोयब मलिक, वहाव रियाजलाई अनुबन्धनै गरेको थिएन।

रिपोर्टका अनुसार सिनियर खेलाडीहरुले बोर्डमा अधिकारिक रुपमै असन्तुष्टि प्रकट गरेका छन् र ए ग्रेडका खेलाडीहरुको म्याच फि बढाउन बोर्ड अध्यक्ष जाकिर खानसंग अनुरोध गरेका थिए। अध्यक्ष खानले कुनै सुनिश्चितता नदिएता पनि खेलाडीहरु भने म्याच फि बढ्नेमा विस्वस्त रहेका छन्। पाकिस्तान बोर्डले भने खेलाडीहरुले त्यस्तो अनुरोध गरेको कुरा अस्वीकार गरेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy