७ फिट ६ इन्च अग्ला पाकिस्तानि बलरको ‘विश्वकै अग्लो बलर’ बन्ने लक्ष्य

पाकिस्तानका २१ वर्षीय मुदस्सिर गुज्जरको विश्वकै अग्लो क्रिकेटर हुने लक्ष्य रहेको छ। ७ फिट ६ फिट अग्ला गुज्जर अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सबैभन्दा अग्ला क्रिकेटर मोहम्मद इरफानलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सबैभन्दा अग्ला क्रिकेटर बन्न चाहन्छन्। गुज्जर गत वर्ष पाकिस्तान सुपर लिगको टिम लाहोर कलन्दर्सको खेलाडी विकास कार्यक्रमको हिस्सा रहेका थिए। उक्त कार्यक्रममा उनले आफ्नो खेलमा निखार गर्दै देशको लागि क्रिकेट खेल्ने सपना बोकेका छन्।

“मेरो उचाइ एउटा आशिर्वाद हो किनकि म छिटो दौडन सक्छु भने सबैभन्दा तेज बलर पनि बन्न सक्छु” उनले मेल अनलाइनसंग बताए। “मैले बलर बन्न ७ महिना अघि अभ्यास सुरु गरेको थिए तर कोभिड-१९ का कारण त्यसलाई रोक्नु पर्यो। म आशा गर्छु कि एक दिन म विश्वकै सबैभन्दा धेरै उचाई भएको क्रिकेटर बन्नेछु।”

हाल विश्वकै सबैभन्दा उचाई भएका क्रिकेटर पाकिस्तानकै मोहम्मद इरफान हुन् जसको उचाई ७ फिट १ इन्च रहेको छ। इरफानले पाकिस्तानको लागि ६० वानडेमा ८३ विकेट लिएका छन्।

उचाइको कारण गुज्जरले बिभिन्न समस्याहरु भोग्नुपरेको छ। उनको लागि जुत्ता र लुगाहरु उनको साइजको नपाउदा छुट्टै बनाउनु पर्छ। स्कुल जाँदा उनि अरुसंग रिक्सा चढ्न पाउदैनन् भने उचाइकै कारण उनि कार चलाउन सक्दैनन्।

“म मेरो स्कुल र ठाउँकै सबैभन्दा अग्लो केटा थिए। म १० वर्षको हुँदा मेरो उचाई ६ फुट थियो त्यसपछि हाइ स्कूल पुग्दा उचाई ७ फिट नाघ्यो। मेरो परिवार मलाई लिएर चिन्तित हुनुहुन्थ्यो जो मेरो अस्वाभाविक उचाइले समस्या त ल्याउने हैन भन्ने चिन्ता वहाँहरुमा थियो।”

“अहिले मानिसहरु मलाई मुस्कानका साथ भेट्ने गर्छन् जो मलाई देख्दा आश्चर्य मान्ने गर्छन्। यसले मलाई राम्रो महसुस हुन्छ। म आफुलाई विशेष महसुस गर्छु।”

“हो मलाई उचाइले बिभिन्न कुराहरु गर्न समस्या हुन्छ र सामान्य मानिसले जस्तो सबै काम गर्न सक्दिन। तर मलाई भगवानले यो हाइट उपहार दिनु भएको हो त्यसैले म अहोभाव प्रकट गर्छु। म चर्चित छु र सबैको ध्यान पाउदा रमाइलो लाग्छ।”

IPL : पर्पल क्यापमा रबाडाले बढाए अग्रता, अंकतालिकामा उतारचढाव जारि

सन्दिप र सुनम सहभागी ‘लंका प्रिमियर लिग’ ड्राफ्ट नयाँ मितिमा हुने

“म कप्तानीको मजा लिईरहेको छु” – ऐयर

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy