न्युजिल्यान्ड भ्रमणमा पुगेको पाकिस्तान टिमको ६ सदस्यमा देखियो कोरोना

पाकिस्तानी क्रिकेट टिम टि-२० र टेस्ट सिरिजको लागि न्युजिल्यान्ड भ्रमणमा रहेको छ। पाकिस्तान टिम नोभेम्बर २४ तारिखमा न्युजिल्यान्ड पुगे पछि गराइएको कोरोना भाइरस टेस्टमा पाकिस्तान टिमको ६ सदस्यमा कोरोना भाइरस संक्रमण पाइएको छ। न्युजिल्यान्ड क्रिकेट बोर्डले यसबारे जानकारी गराएको हो।

रिपोर्टका अनुसार ४ जना सदस्यहरुमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो भने २ जना सदस्यमा भने दोश्रो पटक कोरोना देखिएको हो।

आईसीसीका अनुसार ६ सदस्यमा कोरोना देखिएको बताईएको भएता पनि सबै ६ जना खेलाडी मात्रै हुन् या भ्रमण टोलिको अन्य सदस्यहरु पनि हुन् बताईएको छैन। संक्रमितहरुलाई अब आइसोलेसनमा राखिनेछ।


न्युजिल्यान्ड भ्रमणमा जानु अघि सबै सदस्यहरुको लाहोरमा ४ पटक कोरोना टेस्ट गराइएको थियो जसको नतिजा सबैको नेगेटिभ आएको थियो। फखार जमान बिरामी भएका कारण उनलाई नलिई टिम न्युजिल्यान्ड पुगेको थियो।

पाकिस्तान टिमले अब व्यवस्थित आइसोलेसन सुबिधामा रहेर अभ्यास गर्ने बताईएको छ। तर तत्कालको लागि त्यसलाई रोकेर कसरि खेलाडीहरु संक्रमित भए अनुसन्धान गरिने भएको छ।

भ्रमण अन्तर्गत ३ वटा टि-२० को सिरिज डिसेम्बर १८ देखि सुरु हुनेछ। यस्तै २ वटा टेस्टको सिरिज डिसेम्बर २६ देखि सुरु हुने तालिका रहेको छ। त्यस अघि डिसेम्बर १० र १७ तारिखमा पाकिस्तान ‘ए’ र न्युजिल्यान्ड ‘ए’ टिम बीच ४ दिवसीय खेल खेल्ने तालिका रहेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy