इंग्ल्यान्ड बिरुद्ध टि-२० सिरिजको लागि पाकिस्तान टिमको घोषणा

इंग्ल्यान्ड र पाकिस्तान बीच तिन टेस्ट म्याचको सिरिज अन्तर्गत तेश्रो टेस्ट साउथह्याम्प्टमा जारीरहेको छ। सिरिज पछि दुइ देश बीच तिन वटा खेलको टि-२० सिरिज पनि आयोजना हुनेछ। टि-२० सिरिजको लागि पाकिस्तान क्रिकेट बोर्ड ( पिसिबी ) ले टिमको घोषणा गरेको छ।

२८ अगस्ट देखि सुरु हुने सिरिजको दोश्रो खेल ३० अगस्ट र तेश्रो खेल १ सेप्टेम्बरमा खेलिनेछ।  यो संगै पाकिस्तानको इंग्ल्यान्ड भ्रमण अन्त्य हुनेछ। पाकिस्तानसंगको सिरिज पछि इंग्ल्यान्डले अस्ट्रेलियासंग टि-२० र एकदिवसीय सिरिज खेल्नेछ। सिरिज ४ सेप्टेम्बरबाट सुरु हुनेछ।

घोषित १७ सदस्यीय टिममा पूर्वकप्तान सरफराज एहमदले पुनरागमन गरेका छन् जो पछिल्लो समय टिम बाहिर रहँदै आएका थिए। एहमदले अन्तिम पटक टि-२० म्याच २०१९ अक्टोबरमा श्रीलंका बिरुद्ध खेलेका थिए। त्यसपछि उनलाई कप्तानीबाट हटाइएको थियो। एहमदको फर्म र फिटनेस माथि प्रश्न चिन्ह खडा हुँदै आएको थियो।

१७ सदस्यीय टिममा पूर्वकप्तान सरफराज एहमदले पुनरागमन गरेका छन्

यस्तै युवा फास्ट बलर नसिम शाहलाई पनि टिममा समावेश गरिएको छ। १७ वर्षीय बलरले पाकिस्तानको लागि ६ टेस्ट खेलेता पनि सेतो बल क्रिकेटमा डेब्यु गरेका छैनन्। यस्तै १९ वर्षीय ब्याट्सम्यान हैदर अलिलाई यु-१९ स्तरमा राम्रो प्रदर्शन पछि टिममा राखिएको छ।

बाबर आजमले पहिलो पटक बंगलादेश बिरुद्ध यसै वर्ष सुरुवातमा टि-२० सिरिजमा कप्तानी गर्दै टिमलाई जित समेत दिलाएका थिए।

आफ्नो दोश्रो सन्तानको जन्मको कारण सिरिजबाट यस अघि नाम फिर्ता लिएका अनुभवी पेसर मोहम्मद आमिर पनि टिममा रहेका छन्। तिब्र गति बलर वाहब रियाज र ओपनर फखर जमान पनि फिर्ता भएका छन्।

“यो हामीले छोटो फर्म्याटमा खेल्दै आएका खेलाडीहरु समावेश गरिएको टिम हो। हैदर अलि, नसिम शाह जस्ता खेलाडीहरुलाई पनि यो पटक मौका दिएका छौँ जसले ठुलो स्तरमा मौका पाउनेछन्।” पाकिस्तानी प्रशिक्षक मिसबाह उल हकले प्रेस बिज्ञप्तिमा बताए।

इंग्ल्यान्ड बिरुद्ध पाकिस्तानको टि-२० टिम :- बाबर आजम ( कप्तान ) , फखर जमान, हैदर अलि, हरिस रौफ, इफ्तिखार एहमद, इमाद वासिम, खुसदिल शाह, मोहम्मद हफिज, मोहम्मद हस्नैन, मोहम्मद रिजवान, मोहम्मद आमिर, नसिम शाह, सरफराज एहमद, शदाब खान, शाहिन अफ्रिदी, शोयब मलिक, वहाब रियाज

यो पनि पढ्नुस :-

https://wicketnepal.com/cpl-sandeep-wn20-3rd-match-prev/

https://wicketnepal.com/white-sanyas-wn20/

https://wicketnepal.com/aus-to-tour-eng-wn20/

https://wicketnepal.com/trinbago-2nd-win-cpl-wn20/

https://wicketnepal.com/nep-2-ball-wn-vs-myanmar-wn20/

https://wicketnepal.com/shoaib-akhtar-on-j-bumrah-wn20/





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]