पाकिस्तान र अफगानिस्तान बीच एकदिवसीय सिरिज नरोकिने

अफगानिस्तान क्रिकेट बोर्ड ( एसीबी ) ले पाकिस्तान एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज बिरुद्ध पूर्वनिर्धारित कार्यक्रमको अनुसार खेलिने बताएका छन्।

अफगानिस्तानमा सरकार परिवर्तन भएता पनि तिन खेलको एकदिवसीय सिरिज प्रभावित नहुने बोर्डले बताएको छ। अफगानिस्तान र पाकिस्तान बीच पहिलो पटक द्विपक्षीय सिरिज खेलिन लागेको हो जसको घोषणा केहि अघि मात्रै गरिएको थियो।

अफगानिस्तान क्रिकेट बोर्डका सीईओ हमिद शिनवारीले तालिवानले पनि क्रिकेटलाई माया गर्ने बताउदै अफगानिस्तान क्रिकेट टिमलाई समर्थन गर्ने बताएका छन्। “तालिवान पनि क्रिकेटलाई माया गर्छन र आफ्नो टिमलाई समर्थन गरिरहेका छन्। पाकिस्तान बिरुद्ध हाम्रो एकदिवसीय सिरिज निर्धारित कार्यक्रम अनुसार चल्नेछ। देशको वर्तमान परिस्थितिलाई हेर्दा दुई दिनको अन्तरलमा राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण बुधबार देखि पुनः सुचारु हुनेछ।”

अफगानिस्तान क्रिकेट बोर्डले श्रीलंकाको हंबनटोटामा सेप्टेम्बर पहिलो साता तिन एकदिवसीयमा पाकिस्तानको आतिथ्य गर्नेछ।अफगानिस्तान टिमका अलराउण्डर मोहम्मद नबिले पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान र देशको वर्तमान प्रधानमन्त्री इमरान खानलाई भेटेका थिए। त्यस भेटपछि पाकिस्तान र अफगानिस्तानको द्विपक्षीय क्रिकेट हुने रिपोर्ट अगाडी आएको थियो जुन अब साकार हुँदैछ।

अफगानिस्तानमा हाल तालिवानले बिभिन्न शहरहरु कब्जा गरेका छन् जसम अफगानिस्तानको राजधानी काबुल पनि रहेको छ। त्यहाँका राष्टपति अशरफ गनीले देश छोडीसकेका छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy