वार्नरको शतकका बावजुद आमिर चम्किदा अस्ट्रेलिया विशाल योगफल बनाउन असफल

इंग्ल्याण्डमा जारि आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत १७ औं खेलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र पाकिस्तानले प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा पहीले ब्याटिंग गर्दै अस्ट्रेलियाले पाकिस्तानलाई ३०८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

द कुपर एसोसिएट काउन्ट्रि ग्राउण्डमा टस जितेर पाकिस्तानले पहिले बलिंग रोजेको थियो।

अस्ट्रेलियाको सुरुवात उत्कृस्ट रह्यो। पहिलो विकेटको लागि डेभिड वार्नर र कप्तान आरोन फिन्चले १४६ रनको ठुलो साझेदारी गरे।

फिन्चलाई २३ औं ओभरमा मोहम्मद आमिरले आउट गर्दै पहिलो विकेट दिलाए। ८४ बलमा उनले ६ चौका र ३ छक्का प्रहार गरे। त्यसपछि भने अस्ट्रेलियाले नियमित अन्तरालमा विकेट गुमाउन पुग्यो।

स्टिभ स्मिथ १०, ग्लेन म्याक्सेल २० रन बनाएर आउट हुँदा एक किनार सम्हाल्दै वार्नरले शतक पुरा गरे। प्रतियोगितामा पहिलो शतक प्रहार गर्ने क्रममा वार्नरले १११ बलमा १०७ रन प्रहार गरे जसमा ११ चौका र १ छक्का सामेल थियो। एकदिवसीय करियरको १५ औं शतक पुरा गरेर वार्नर शाहिन अफ्रिदीको बलमा क्याच आउट भए।

 

वार्नरको विकेटपछि पनि अस्ट्रेलियाको विकेट पटक रोकिएन। शन मार्श ( २३ )  र उस्मान ख्वाजा ( १८ )  , एकेल्लास केरे ( २० ) लाई मोहम्मद आमिरले आउट गर्दै अस्ट्रेलियाको मध्येक्रमलाई सफल हुन दिएनन्।

फलस्वरूप अस्ट्रेलियाले ४९ ओभरमा सम्पूर्ण विकेट गुमाएर ३०७ रन बनाउन सक्यो।

पाकिस्तानको बलिंगमा मोहम्मद आमिरले ५ विकेट लिए जुन क्रममा १० ओभरमा २ मेडन ओभर गर्दै ३० रन मात्र खर्चिए। शाहिन अफ्रिदीले २ ( १०-०-७०-२ ) तथा हसन अलि ( १०-०-६७-१ ) , वहाव रियाज ( ८-०-४४-१ ) र मोहम्मद हफिज ( ७-०-६०-१ ) ले १/१ विकेट लिए।

एकदिवसीय अन्तर्राष्ट्रियमा आमिरले ५ विकेट लिएको यो नै पहिलो पटक हो।

प्रतियोगिता अन्तर्गत यस अघि अस्ट्रेलियाले खेलेको ३ खेल मध्ये २ खेलमा जित र १ खेलमा हार बेहोरेको छ भने पाकिस्तानले ३ खेलमा १ जित १ हार बेहोर्दा १ खेल नतिजाविहिन टुंगिएको थियो।

अस्ट्रेलियाको यस अघिको खेलमा नतिजा :- 

बिरुद्ध अफगानिस्तान – ७ विकेटले विजयी
बिरुद्ध वेस्टइन्डिज – १५ रनले विजयी
बिरुद्ध भारत – ३६ रनले पराजित

पाकिस्तानको यस अघिको खेलमा नतिजा :-

बिरुद्ध वेस्टइन्डिज – ७ विकेटले पराजित
बिरुद्ध इंग्ल्याण्ड – १४ रनले विजयी
बिरुद्ध श्रीलंका – नतिजाविहिन





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]