‘गर या मर’को खेलमा पाकिस्तानलाई बंगलादेशको २४० रन लक्ष्य

  • विकेटनेपाल,असोज १० 

युनाईटेड अरब इमिरेट्स ( युएई ) मा जारि १४ औं एसिया कप क्रिकेट अन्तर्गत अघोषित सेमीफाइनल खेलमा पाकिस्तान र बंगलादेश प्रतिस्पर्धा गरिरहेका छन्। खेलमा जसले जित्छ त्योनै भारतसंग एसिया कप फाइनल खेल्न छनौट हुनेछ त्यसैले सुपर-४ चरणको खेललाई अघोषित सेमीफाइनल खेल मानिएको छ।

बंगलादेशले पहिले ब्याटिंग गर्दै ४८.५ ओभरमा सम्पूर्ण विकेट गुमाउदै २३९ रनको योगफल तयार गरेको छ।

टस जितेर ब्याटिंग गर्दै शेख जायद स्टेडियममा खराब सुरुवात गर्दै बंगलादेशले सुरुवाती ३ विकेट ४.२ ओभरमा गुमाउन पुग्यो। लिटोन दास ( ६ ) , सौम्य सरकार ( ० ) र मोमिनुल हक ( ५ ) आउट हुँदा दबाबमा परेको बंगलादेशी इनिंगलाई चौथो विकेटको लागि शतकीय साझेदारी गर्दै मुस्फिकर रहिम र मोहम्मद मिथुनले उकासे।

मिथुन ६० रन ( ८४ बल, ४ चौका ) बनाएर ३४ औं ओभरमा आउट हुनु अघि रहिमसंग १४४ रनको साझेदारी गरे।

मिथुन आउट भए पछि ४२ औं ओभरमा रहिमले पनि शतक बनाउन १ रन बाँकी हुँदा विकेट गुमाउन पुगे। रहिमले ११६ बलमा ९ चौका प्रहार गर्दै बंगलादेशलाई सम्मानजनक स्कोरतर्फ डोर्याए।

अन्त्यमा महमुदुल्लाहले २५, मेहदी हसनले १२ तथा मश्रफे मुर्तजाले १३ रन योगदान दिंदा बंगलादेशले ४८.५ ओभरमा सबै विकेट गुमाएर २३९ रनको योगफल तयार गर्यो।

पाकिस्तानी बलर जुनैद खानले सर्वाधिक ४ विकेट ( ९-१-१९-४ ) हात पार्दा शाहिन अफ्रिदी ( १०-१-४७-२ ) ताथ हसन अलि ( ९.५-०-६०-२ ) ले समान २/२ विकेट र शदाब खानले १ विकेट लिए।

सुपर-४ चरणको यस अघि सम्पन्न खेलमा पाकिस्तान र बंगलादेशले अफगानिस्तानलाई पराजित गरेको थियो भने भारतसंग पराजित भएको थियो। दुवैले १/१ जित/हार बेहोरेपछि जसले जित्छ त्यसले शुक्रबार हुने फाइनल खेल भारतसंग खेल्नेछ।

खेलको फोटोहरु हेर्नुस ( श्रोत – आईसीसी ) 





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]