बंगलादेश बिरुद्ध पाकिस्तानको सिरिज जित

दोश्रो खेलमा घरेलु टोलि बंगलादेशलाई ८ विकेटले सहजै पराजित गर्दै पाकिस्तानले तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज एक खेल बाँकी रहँदै २-० ले आफ्नो पक्षमा पारेको छ।

शेरे बांग्ला नेसनल स्टेडियममा बंगलादेशले दिएको १०९ रनको सामान्य लक्ष्य पाकिस्तानले २ विकेट क्षेतीमा ११ बल बाँकी रहँदै भेटायो।

पाकिस्तानको लागि फखर जमानले सर्वाधिक अविजित ५७ रन बनाए जुन क्रममा ५१ बलमा २ चौका र ३ छक्का प्रहार गरे। यस्तै मोहम्मद रिजवानले ४५ बलमा ४ चौका मद्दतले ३९ रन बनाए। बंगलादेश बलर मुस्तफिजुर रहमान र अमिनुल इश्लामले समान एक विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा ओपनर बाबर आजम तेश्रो ओभरमा आउट भएपछि रिजवान र जमानले दोश्रो विकेटको लागि ८५ रनको साझेदारी गरे। सोह्रौं ओभरमा रिजवानलाई अमिनुल इश्लामले क्याच आउट पारे जतिबेला पाकिस्तान जित नजिक पुगीसकेको थियो।

यस अघि टस जितेर ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ७ विकेट क्षेतीमा १०८ रन बनाएको थियो। बंगलादेशको लागि नज्मुल स्यान्टोले सर्वाधिक ४० रन बनाए जुन क्रममा ३४ बलमा ५ चौका प्रहार गरे। यस्तै अफिफ होसेनले २०, महमुदुल्लाहले १२ तथा नुरुल हसनले ११ रन बनाए।

१५ ओभरमा ८५/५ को अवस्थाबाट अन्तिम ५ ओभरमा बंगलादेशए थप २ विकेट मात्र गुमाएता पनि योगफलमा २३ रन मात्र जोड्न सक्यो। सुरुवाती १२ ओभरमा ७८ रन बनाएको बंगलादेशले थप ८ ओभरमा मात्र ३० रन बनाउन सक्यो।

पाकिस्तानको बलिंगमा शाहिन अफ्रिदी ( ४-०-१५-२ ) र शदाब खानले ( ४-०-२२-२ ) समान दुई विकेट लिए भने मोहम्मद वासिम ( ३-०-९-१ ) , हरिस रौफ ( ३-०-१३-१ ) र मोहम्मद नवाजले ( ४-०-२५-१ ) समान एक विकेट लिए।

सिरिजको पहिलो खेलमा पाकिस्तान ४ विकेटले विजयी भएको थियो। सिरिजको तेश्रो तथा अन्तिम खेल नोभेम्बर २२ तारिखमा खेलीछ। त्यसपछि दुई टिम बीच दुई वटा टेस्टको सिरिज नोभेम्बर २६ तारिख देखि सुरु हुनेछ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]