बंगलादेश बिरुद्ध पाकिस्तानको सिरिज जित

२०७८ मंसिर ४, शनिबार १७:२५

दोश्रो खेलमा घरेलु टोलि बंगलादेशलाई ८ विकेटले सहजै पराजित गर्दै पाकिस्तानले तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज एक खेल बाँकी रहँदै २-० ले आफ्नो पक्षमा पारेको छ।

शेरे बांग्ला नेसनल स्टेडियममा बंगलादेशले दिएको १०९ रनको सामान्य लक्ष्य पाकिस्तानले २ विकेट क्षेतीमा ११ बल बाँकी रहँदै भेटायो।

पाकिस्तानको लागि फखर जमानले सर्वाधिक अविजित ५७ रन बनाए जुन क्रममा ५१ बलमा २ चौका र ३ छक्का प्रहार गरे। यस्तै मोहम्मद रिजवानले ४५ बलमा ४ चौका मद्दतले ३९ रन बनाए। बंगलादेश बलर मुस्तफिजुर रहमान र अमिनुल इश्लामले समान एक विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा ओपनर बाबर आजम तेश्रो ओभरमा आउट भएपछि रिजवान र जमानले दोश्रो विकेटको लागि ८५ रनको साझेदारी गरे। सोह्रौं ओभरमा रिजवानलाई अमिनुल इश्लामले क्याच आउट पारे जतिबेला पाकिस्तान जित नजिक पुगीसकेको थियो।

यस अघि टस जितेर ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ७ विकेट क्षेतीमा १०८ रन बनाएको थियो। बंगलादेशको लागि नज्मुल स्यान्टोले सर्वाधिक ४० रन बनाए जुन क्रममा ३४ बलमा ५ चौका प्रहार गरे। यस्तै अफिफ होसेनले २०, महमुदुल्लाहले १२ तथा नुरुल हसनले ११ रन बनाए।

१५ ओभरमा ८५/५ को अवस्थाबाट अन्तिम ५ ओभरमा बंगलादेशए थप २ विकेट मात्र गुमाएता पनि योगफलमा २३ रन मात्र जोड्न सक्यो। सुरुवाती १२ ओभरमा ७८ रन बनाएको बंगलादेशले थप ८ ओभरमा मात्र ३० रन बनाउन सक्यो।

पाकिस्तानको बलिंगमा शाहिन अफ्रिदी ( ४-०-१५-२ ) र शदाब खानले ( ४-०-२२-२ ) समान दुई विकेट लिए भने मोहम्मद वासिम ( ३-०-९-१ ) , हरिस रौफ ( ३-०-१३-१ ) र मोहम्मद नवाजले ( ४-०-२५-१ ) समान एक विकेट लिए।

सिरिजको पहिलो खेलमा पाकिस्तान ४ विकेटले विजयी भएको थियो। सिरिजको तेश्रो तथा अन्तिम खेल नोभेम्बर २२ तारिखमा खेलीछ। त्यसपछि दुई टिम बीच दुई वटा टेस्टको सिरिज नोभेम्बर २६ तारिख देखि सुरु हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy