क्यानडा पहिले ब्याटिङ गर्दै

काठमाडौं । क्यानडाले अमेरिका र वेस्ट इन्डिजमा जारी रहेको नवौं संस्करणको टी-२० विश्वकपमा पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

पाकिस्तानका कप्तान बाबर अजामले टस जितेर बलिङ रोजे पछि क्यानडाले पहिला ब्याटिङ गर्दैछ ।

पहिलो दुवै खेलमा पराजित पाकिस्तानलाई सुपर आठको सम्भावना कायमै राख्न जित्नै पर्ने दवाव रहेको छ । पाकिस्तान पहिलो खेलमा सहआयोजक अमेरिकासँग सपर ओभरमा पराजित हुँदा दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।

यस खेलमा पराजित भएमा पाकिस्तान नवौं संस्करणको विश्वकपबाट घर फर्कने छ ।

क्यानडालाई पनि सुपर आठ प्रवेशको सम्भावना कायम राख्न जित्नै पर्ने दवाव रहेको छ । पहिलो खेलमा सहआयोजक अमेरिकासँग पराजित क्यानडाले दोस्रो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो ।





थप समाचार

दीपेन्द्र अहिलेसम्मकै उच्च वरियतामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले वरियतामा छलाङ मारेका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले जारी गरेको […]

टी-२० विश्वकप : सुपर एटका खेल आजबाट

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकपको दोस्रो चरण (सुपर एट) का खेलहरु आज (बुधबबार) बाट सुरु हुदैछ । सुपर एटको […]

रोहितसँग झगडा गरेका तन्जिममाथि आइसीसीको कारबाही

काठमाडौं । बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन शाकिबमाथि अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले कारबाही गरेको छ । आइसीसीले आइतबार […]

तथ्याकंमा नेपालको विश्वकप यात्रा..

काठमाडौं । नेपालले सन् २०१४ पछि दश वर्षको अन्तरालमा सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा जारी टी-२० विश्वकपमा सहभागीता […]

अफगानिस्तानमाथि वेस्ट इन्डिजको सानदार जित

काठमाडौं । वेस्ट इन्डिजले घरेलु भुमी तथा अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानमाथि सानदार जित […]

वेस्ट इन्डिजले अफगानिस्तानलाई दियो २१९ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिजले घरेलु भुमी तथा अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई जितका लागि […]