इंग्ल्यान्डलाई १० वर्ष पछि पाकिस्तान बिरुद्ध सिरिज जित्ने मौका

पाकिस्तानको इंग्ल्यान्ड भ्रमण अन्तर्गत तेश्रो तथा निर्णायक टेस्ट शुक्रबार साउथह्याम्पटनमा सुरु हुँदैछ। खेल नेपाली समय ३:४५ बजे सुरु हुनेछ।

सिरिजमा घरेलु टिम इंग्ल्यान्ड १-० ले अघि रहेको छ। पहिलो टेस्ट ३ विकेटले इंग्ल्यान्डले जितेको थियो भने दोश्रो टेस्ट बराबरीमा टुंगिएको थियो। तेश्रो टेस्टमा जित्दै इंग्ल्यान्ड १० वर्षपछि पाकिस्तान बिरुद्ध टेस्ट सिरिज जित्न चाहनेछ। यस अघि इंग्ल्यान्डले वेस्टइन्डिजलाई टेस्ट सिरिजमा २-१ ले पराजित गरेको थियो।  पाकिस्तान पनि जितको साथ सिरिज बराबरी गर्दै आफुलाई प्रमाणित गर्न चाहन्छ।

यस अघि दोश्रो टेस्टको अधिकांश समय खराब प्रकाशका कारणका कारण प्रभावित भएका कारण तेश्रो टेस्टमा अब कुनै दिन खराब प्रकाशले समय बर्बाद भएमा अर्को दिन खेल टिमहरुसंग खेल ३० मिनेट अघि सुरु गर्ने बिकल्प रहेको छ। दोश्रो टेस्टमा मात्र १ र आधा दिनको खेल सम्भव भएको थियो।

खराब प्रकाशका कारण समय बर्बाद भएमा अब अर्को दिन टिमसंग ३० मिनेट चाडो खेल सुरु गर्ने बिकल्प रहनेछ

इंग्ल्यान्ड १० वर्षपछि पाकिस्तान बिरुद्ध सिरिज जित्ने मौका 

इंग्ल्यान्ड र पाकिस्तानले पछिल्लो १० वर्षमा ४ वटा टेस्ट सिरिज खेलेको छ। ४ वटै सिरिजमा पाकिस्तान पराजित भएको छैन। २०१० जुलाईमा इंग्ल्यान्डमा सम्पन्न टेस्ट सिरिजमा इंग्ल्यान्ड अन्तिम पटक ३-१ ले विजयी भएको थियो। त्यसपछिको १० वर्षको अन्तरालमा २०१२ र २०१५ मा युएईमा सम्पन्न सिरिज पाकिस्तानले जितेको थियो। त्यसपछि इंग्ल्यान्डमा खेलिएको २०१६ र २०१८ को टेस्ट सिरिज बराबरीमा टुंगिएको थियो। पाकिस्तानले इंग्ल्यान्डमा टेस्ट सिरिज भने १९९६ पछि जित्न सकेको छैन।

पछिल्लो ६ वर्ष इंग्ल्यान्डको घरेलु टेस्ट सिरिजको रेकर्ड उत्कृस्ट रहेको छ। उसले यो अवधिमा घरमा कुनै पनि टेस्ट सिरिज हारेको छैन। १२ वटा सिरिजमा इंग्ल्यान्डले ८ वटामा जित हात पार्दा ४ वटा बराबरी खेलेको छ। पछिल्लो पटक इंग्ल्यान्डलाई उसैको घरमा श्रीलंकाले २०१४ जुनमा १-० ले पराजित गरेको थियो।

खेलको लागि पाकिस्तानले अघिल्लो खेलकै अन्तिम-११ लाई मौका दिने सम्भावना रहेको छ। इंग्ल्यान्डले भने दोश्रो टेस्टमा मौका नपाएका फास्ट बलर जोफ्रा आर्चरलाई मौका दिने सम्भावना रहेको छ।

इंग्ल्यान्ड टिम : जो रूट (कप्तान), जेम्स एंडरसन, जोफ्रा आर्चर, डोमिनिक बेस, स्टुवार्ट ब्रोड, रोरी ब‌र्न्स, जोस बटलर, जैक क्रले, स्याम करन, ओली पोप, डोम सिब्ले, क्रिस वोक्स, मार्क वुड, जेम्स ब्रेससी, बेन फक्स, ज्याक लीच।

पाकिस्तान टिम : अजहर अली (कप्तान), बाबर आजम, आबिद अली, अशद शफीक, फहीम अशरफ, फवाद आलम, इमाम उल हक, इमरान खान, काशिफ भट्टी, मुहम्मद अब्बास, मुहम्मद रिजवान, नसीम शाह, सरफराज अहमद, शादाब खान, शाहीन शाह अफरीदी, शान मसूद, सोहेल खान, उस्मान शिनवारी, वहाब रियाज, यासिर शाह।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/trinbago-2nd-win-cpl-wn20/

https://wicketnepal.com/19-mahina-dekhi-talab-wn20/

https://wicketnepal.com/nep-2-ball-wn-vs-myanmar-wn20/

https://wicketnepal.com/rajasthan-punjab-prasthan-uae-wn20/

https://wicketnepal.com/aus-to-tour-eng-wn20/

https://wicketnepal.com/sa-cricket-2-play-covid-19-wn20/





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]