पाकिस्तानसँग भारत ११९ रनमा अल आउट

काठमाडौं । भारत वेस्ट इन्डिज र अमेरिकामा जारी रहेको नवौं संस्करणको टी-२० विश्वकपको १९ औं खेलमा पाकिस्तानसँग १ सय १९ रनमा अल आउट भएको छ ।

अमेरिकाको न्युयोर्कमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले १९ औं ओभरको अन्तिम बलमा अल आउट हुदै १ सय १९ रन बनायो ।

भारतका लागि रिषभ पन्तले ३१ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४२ रन बनाए । अक्षर पटेलले १८ बलमा २० तथा कप्तान रोहित शर्माले १२ बलमा १३ रन बनाए । भारतका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानका लागि हरिस रउफ र नशिम शाहले समान तीन तीन तथा मोहम्मद आमिरले दुई विकेट लिए ।

दुवै टोलीले यस संस्करणको दोस्रो खेल खेल्दैछन् । पाकिस्तान पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो । उता, भारतले भने पहिलो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो ।

भारत यस खेलमा जित निकाल्दै सुपर आठको सम्भावना बलियो बनाउँन चाहन्छ । पाकिस्तान पनि भारतलाई हराउँदै सुपर आठको सम्भावना कायम राख्न चाहन्छ ।

 





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]