T20WC : पाकिस्तानले टस जित्यो, भारत ब्याटिंग गर्दै ( दुवै टिमको अन्तिम-११ )

२०७८ कार्तिक ७, आईतवार १९:३७

युएईमा जारी टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरण अन्तर्गत समुह ‘२’ अन्तर्गतको खेलमा चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन्। खेलमा पाकिस्तानले टस जितेर बलिंग रोजेको छ। दुवै टिमको यो पहिलो खेल हो।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेपछि पाकिस्तान कप्तान बाबर आजमले सुरुवाती विकेट लिंदै भारतलाई दबाब बनाउन चाहेको बताए। यस्तै उनले दोश्रो इनिंग्समा शितले गर्दा सहज हुने विश्वास व्यक्त गरे। पाकिस्तान टिममा राम्रो फास्ट बार रहेको बताउदै उनले प्रतियोगिताको लागि टिमले राम्रो तयारी गरेकोले आफू जित्नेमा आत्मविश्वास रहेको बताए। उनले आफ्नो बलिंग बाहेक ब्याटिंगमा समेत राम्रो गर्नेमा विश्वास व्यक्त गरे।

पाकिस्तानको अन्तिम-११ : Babar Azam(c), Mohammad Rizwan(w), Fakhar Zaman, Mohammad Hafeez, Shoaib Malik, Asif Ali, Imad Wasim, Shadab Khan, Hasan Ali, Haris Rauf, Shaheen Afridi

टस हारेपछि भारतीय कप्तान बिराट कोहलीले आफुले पनि पहिले बलिंगनै गर्न चाहेको बताए। उनले राम्रो लक्ष्य दिंदै पाकिस्तानलाई दबाब बनाउने बताए। टस आफ्नो नियन्त्रणमा नरहेको बताउदै उनले आफ्नो टिम सन्तुलित रहेको बताए। उनले पिच फरक देखिएको र खेल भर एकै व्यवहार गर्ने बताए। भारतले अन्तिम-११ मा राहुल चाहर, इशान किशन, रभीचन्द्रन आश्विन र शार्दुल ठाकुरलाई बाहिर राखेको छ।

भारतको अन्तिम-११ : Rohit Sharma, KL Rahul, Virat Kohli(c), Suryakumar Yadav, Rishabh Pant(w), Hardik Pandya, Ravindra Jadeja, Bhuvneshwar Kumar, Mohammed Shami, Varun Chakaravarthy, Jasprit Bumrah

टि-ट्वान्टी विश्वकप इतिहासमा हालसम्म खेलिएको पाँच खेलमा भारत विजयी भएको छ। आज भारतलाई पराजित गर्दै पाकिस्तान इतिहास रच्न चाहन्छ भने भारत जित्दै इतिहास निरन्तरता दिन चाहन्छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy