टी-२० विश्वकप : भारत पाकिस्तान भिड्दै

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकप क्रिकेटमा आज (आइतबार) पाकिस्तान र भारत भिड्दै छन् ।

विश्वकपको १९ औं खेलमा समूह ए मा रहेका पाकिस्तान र भारत नेपाली समय अनुसार बिहीबार सवा आठमा अमेरिकाको न्युर्योकमा खेल्दैछन् ।

पाकिस्तान र भारत दुवै अघिल्लो संस्करणको विश्वकपको शीर्ष आठमा रहदै छनोट भएको हो । दुवै टोलीले यस संस्करणको दोस्रो खेल खेल्दैछन् । पाकिस्तान पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो । उता, भारतले भने पहिलो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो ।

भारत यस खेलमा जित निकाल्दै सुपर आठको सम्भावना बलियो बनाउँन चाहन्छ । पाकिस्तान पनि भारतलाई हराउँदै सुपर आठको सम्भावना कायम राख्न चाहन्छ ।

नवौं संस्करणको यस विश्वकपमा पहिलो पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । समूह ए मा पाकिस्तान र भारतका अलावा क्यानडा, अमेरिका, आयरल्यान्ड तथा समूह बी मा अस्ट्रेलिया, इंग्ल्यान्ड, स्कटल्यान्ड, नामिबिया र ओमान छन् ।

समूह सी मा वेस्ट इन्डिज, न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी तथा समूह डीमा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । यसका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]