पाकिस्तान टि-२० विश्वकपको फाइनलमा

पहिलो सेमीफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तान टि-ट्वान्टी विश्वकप २०२२ को फाइनल पुगेको छ। प्रतियोगिताको दोश्रो सेमीफाइनलमा भारत र इंग्ल्यान्ड भोलि बिहिबार प्रतिस्पर्धा गर्नेछन्।

सिड्नी क्रिकेट ग्राउण्डमा न्युजिल्यान्डले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले ३ विकेट गुमाएर ५ बल बाँकी रहँदै भेटायो।

लक्ष्य पछ्याउने क्रममा पाकिस्तान ओपनर बाबर आजम र मोहम्मद रिजवानले उत्कृस्ट सुरुवात दिलाए। तेह्रौं ओभरमा आजमलाई ट्रेन्ट बोल्टले क्याच आउट गर्नु अघि दुवैले १०५ रनको साझेदारी गरे। आजमले ४२ बलमा ७ चौका मद्दतले ५३ रन बनाए।

दोश्रो विकेटको लागि रिजवानले मोहम्मद हरिससंग २७ रनको साझेदारी गरे। सत्रौं ओभरको अन्तिम बलमा बोल्टले रिजवानलाई क्याच आउट पर्दै न्युजिल्यान्डलाई खेलमा फर्काए। त्यस अघि रिजवानले ४३ बलमा ५ चौका मद्दतले ५७ रन बनाए।

८ विकेट सुरक्षित हुँदा अन्तिम ३ ओभरमा पाकिस्तानलाई जित्न २१ रन आवस्यक रह्यो। लकी फर्गुसनले गरेको अठारौं ओभरमा पाकिस्तानले १३ रन बनायो। मोहम्मद हरिसले चौंथो र पाँचौ बलमा चौका र छक्का प्रहार गरे। २ ओभरमा जित्न ८ रन आवस्यक रह्यो।

उन्नाईसौं ओभरमा मिचेल स्यान्टनरले ६ रन खर्चेर ओभरको अन्तिम बलमा हरिसको विकेट लिए। २६ बलमा हरिसले २ चौका र १ छक्का मद्दतले ३० रन बनाए।

अन्तिम ओभरमा २ रन आवस्यक रह्यो। पहिलो बलमा साउदीले वाइड दिए भने लगत्तै बलमा शान मसुदले १ रन लिंदै टिमलाई जित दिलाए।

न्युजिल्यान्ड बलर ट्रेन्ट बोल्टले २ विकेट ( २-३३ ) तथा मिहेल स्यान्टनरले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा १५२ रन बनायो।

ओपनर फिन एलेन ४ रन बनाएर पहिलो ओभरमा शाहिन अफ्रिदीबाट एलबिडब्लु भएपछि दोश्रो विकेटको लागि डेभोन कनवे र कप्तान केन विलियमसनले ३४ रन जोडे। छैठौं ओभरको अन्तिम बलमा कनवे रन आउट भए। आठौँ ओभरमा ग्लेन फिलिप्स ६ रन बनाएर आउट हुँदा न्युजिल्यान्ड दबाबमा आयो।

चौंथो विकेटको लागि विलियमसन र डेरेल मिहेलले ६८ रनको साझेदारी गरे। विलियमसन सत्रौं ओभरमा अफ्रिदीबाट बोल्ड भए जसले ४२ बलमा १ चौका र १ छक्का मद्दतले ४६ रन बनए। त्यसपछि मिचेलले जेम्स निशमसंग मिलेर इनिंग्स अघि बढाए। दुवैले पान्हौ विकेटको लागि अविजित ३३ रनको साझेदारी गरे।

मिचेलले ३४ बलमा ३ चौका र १ छक्का मद्दतले ५४ रन बनाए। निशमले १२ बलमा १ चौका मद्दतले अविजित १६ रन बनाए।

अन्तिम ५ ओभरमा पाकिस्तानले १ विकेट मात्र गुमएता पनि ४६ रन मात्र बनाउन सक्दा अझ ठूलो योगफल बनाउन चुक्यो।

पाकिस्तान बलर शाहिन अफ्रिदीले २ विकेट ( २-२४ ) र मोहम्मद नवाजले १ विकेट लिए।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]