फिन्च र स्टार्क उत्कृस्ट : श्रीलंकालाई पराजित गर्दै अस्ट्रेलिया शिर्षमा

श्रीलंकालाई ८७ रनले पराजित गर्दै अस्ट्रेलिया इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप अंकतालिकाको शिर्षस्थानमा उक्लेको छ। ५ खेल खेल्दा अस्ट्रेलियाको ४ जित र १ हार रहेको छ।

अस्ट्रेलियाले यस अघि अफगानिस्तान, श्रीलंका, वेस्ट इन्डिजलाई पराजित गरेको थियो भने भारतसंग पराजित भएको थियो। श्रीलंकाले भने ५ खेल खेल्दा १ जित मात्र हात पारेको छ भने १ खेलमा हार तथा २ खेल नतिजाविहिन टुंगिएको थियो। एकमात्र जित श्रीलंकाले अफगानिस्तानलाई पराजित गर्दै हात पारेको थियो भने न्युजिल्याण्डसंग पराजित हुँदा बंगलादेश र पाकिस्तानसंगको खेल भने नतिजाविहिन रहेको थियो।

विश्वकप अन्तर्गत २० औं खेलमा पहिले ब्याटिंग गर्दै अस्ट्रेलियाले पहिले ब्याटिंग गर्दै ३३५ रन बनाएको थियो। लक्ष्य पछ्याउदा श्रीलंकाले २४७ रन मात्र बनाउन सक्यो।

स्कोरकार्ड  , अंकतालिका 

लक्ष्य पछ्याउने क्रममा श्रीलंकाको सुरुवात राम्रो रहेको थियो। कप्तान डिमुथ करुनारत्ने र कुशल परेराले ११५ रनको ओपनिंग साझेदारी गरेका थिए।

१६ औं ओभरमा परेरा ५२ रन बनाएर आउट भएपछि भने श्रीलंकाले लगातार विकेट गुमाउन पुग्यो र ठुलो साझेदारी बनाउन असफल रह्यो। करुनारत्ने शतक बनाउन ३ रनले चुक्दै ९७ रन बनाएर केन रिचर्डसनको बलमा ३३ औं ओभरमा आउट भए। उनले ९ चौका प्रहार गरे।

त्यसपछि श्रीलंकाको मध्यक्रमले कमजोर ब्याटिंग गर्यो र लगातार विकेट गुमाउन पुग्यो। कुशल मेन्डिसले ३०, एन्जेलो म्यथुज ९, मिलिंडासिरीवर्दनाले ३, थिसारा परेराले ७ रन बनाए।

४५.५ ओभरमा श्रीलंका २४७ रनमा अलआउट हुन पुग्यो।

अस्ट्रेलियाको लागि बलिंगमा मिचेल स्टार्कले ४ विकेट लिए जुन क्रममा १० ओभरमा ५५ रन खर्चिए। केन रिचर्डसनले ३ ( ९-१-४७-३ ) र प्याट कमिन्सले २ ( ७.५-०-३८-२ ) विकेट लिए।

केंनिंगटन ओभल मैदानमा टस हारेर ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाएर ३३४ रन बनाएको थियो।

अस्ट्रेलियन कप्तान तथा ओपनर आरोन फिन्चले सर्वाधिक १५३ रन बनाएका थिए। १३२ बलमा उनले १५ चौका र ४ छक्का प्रहार गरेका थिए। फिन्चले पहिलो विकेटको लागि डेभिड वार्नरसंग ८० रनको तथा तेश्रो विकेटको लागि स्टिभ स्मिथसंग १७३ रनको ठुलो साझेदारी गरेका थिए।

स्मिथले ७३ ( ५९ बलमा ७ चौका र १ छक्का ) बनाए। ग्लेन म्याक्सेलले अन्तिममा आक्रामक ब्याटिंग गर्दै २५ बलमा ५ चौका र १ छक्का मदतले अविजित ४६ रन बनाए।

श्रीलंकाको लागि इसुरु उडाआ र धनन्जय डी सिल्भाले २/२ तथा लासिथ मलिंगाले १ विकेट लिए।

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]