पाकिस्तानको लज्जास्पद प्रदर्शन

वेस्ट इन्डिज र पाकिस्तानलाई विश्व क्रिकेटमा अस्चार्यजनक नतिजा ल्याउन सक्ने टिमको रुपमा चिनिने गरिन्छ। इंग्ल्याण्डमा जारि एक दिवसीय विश्वकप अन्तर्गत दोश्रो खेलमा त्यस्तै भएको छ।  वेस्ट इन्डिज बिरुद्ध पाकिस्तानले अत्यन्त खराब प्रदर्शन गरेको हो।

नटिंघम मैदानमा भइरहेको खेलमा टस हारेर ब्याटिंग गरेको पाकिस्तानले १०५ रनमा सम्पूर्ण विकेट गुमाएको छ।

पाकिस्तानलाई सानो योगफलमा समेट्न ओशेन थोमसले ४ विकेट लिए जुन क्रममा ५.४ ओभरमा २७ रन खर्चिए। यस्तै कप्तान जेसन होल्डरलले ३ विकेट ( ५-०-४२-३ ) तथा आन्द्रे रसेल ( ३-१-४-२ ) ले २ विकेट लिए।

पाकिस्तानको लागि फखार जमान र बाबर आजमले समान २२ रन, वाहब रियाजले १८ र मोहम्मद हफिजले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

विश्व कप क्रिकेट इतिहासमा पाकिस्तानको यो सबैभन्दा कम योगफल भने हैन। यस अघि पाकिस्तानले सन् ११९२ को विश्वकपमा इंग्ल्याण्डसंग ७४ रनमा सबै विकेट गुमाएको थियो। वेस्ट इन्डिजसंगको १०५ रन पाकिस्तानको दोश्रो खराब प्रदर्शन हो।

विश्वकप क्रिकेटमा सन् २००३ मा क्यानडाले ३६ रनमा श्रीलंकासंग सबै विकेट गुमाएको थियो जुन हालसम्मकै सबैभन्दा कम योगफल हो। क्यानडालेनै १९७९ को विश्वकपमा इंग्ल्याण्डसंग बनाएको ४५ रन दोश्रो तथा नामिबियाले बनाएको ४५ रन तेश्रो स्थानमा रहेको छ।

 





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]