अफ्रिदीले घातक बलिंग गर्दा, टेलरको शतकका बाबजुद पाकिस्तानसंग जिम्बाब्वे पराजित

ब्रेण्डन टेलरको शतक बाबजुद जिम्बाब्वे पाकिस्तान भ्रमण अन्तर्गत पहिलो एकदिवसीयमा २६ रनले पराजित भएको छ। जितसंगै पाकिस्तानले ३ वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ।

पाकिस्तानले दिएको २८२ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेले ४९.४ ओभरमा सबै विकेट गुमाएर २५५ रन मात्र बनाउन सक्यो।

जिम्बाब्वेको लागि ब्रेण्डन टेलरले पाँचौ एकदिवसीय शतक बनाउने क्रममा ११२ रन बनाए जुन क्रममा ११७ बलमा ११ चौका र ३ छक्का हिर्काए। अन्तर्राष्ट्रिय क्रिकेटमा १७ औं शतक पुरा गर्दै टेलर जिम्बाब्वेको लागि सर्वाधिक शतक बनाउने खेलाडी बनेका छन्। यस अघि एन्डी फ्लावरले बनाएको १६ शतकको रेकर्ड टेलरले पार गरेका हुन्।

यस्तै वेसले मधेभीरेले ५५ ( ६१ बलमा ७ चौका ) तथा क्रेग इर्भिनले ४१ ( ६८ बलमा ६ चौका ) बनाए।

ओपनर ब्रायन चरी ( २ )  र चमु चिभाभालाई ( १३ ) शाहिन अफ्रिदीले छिट्टै पेभेलियन फर्काएपछि तेश्रो विकेटको लागि इर्भिन र टेलरले ७१ रनको साझेदारी गरेका थिए। त्यसपछि इर्भिनलाई २२ औं ओभरमा इमाद वासिमले क्याच आउट गरेर साझेदारी तोडे। ४ रन बनाएर सिन विलियम्स पनि आउट हुँदा जिम्बाब्वे ११५/४ को अवस्थामा पुग्यो।

पाँचौ विकेटको लागि टेलरले मधेभीरे शतकीय साझेदारी गरे। ११४ रनको साझेदारी ४६ औं ओभरमा रियाजले मधेभीरेलाई बोल्ड गर्दै तोडे। त्यसपछि रन गतिको दबाबमा जिम्बाब्वेले लगातार विकेट गुमाउन पुग्यो। ४७ औं ओभरमा टेलरलाई शाहिन अफ्रिदीले रियाजबाट क्याच आउट गराए। त्यसपछि लगत्तै ओभरम सिकन्दर राजालाई रियाजले बोल्ड गरे जसपछि पाकिस्तान पूर्णत खेलमा हावी रह्यो।

२३४/४ को अवस्थाबाट जिम्बाब्वेले थप २१ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

पाकिस्तानको बलिंगमा शाहिन अफ्रिदीले उत्कृस्ट बलिंग गर्दै ५ विकेट लिए जुन क्रममा १० ओभरमा ४९ रन खर्चिए। एकदिवसीय अन्तर्राष्ट्रियमा अफ्रिदीले एकै इनिंगमा ५ विकेट लिएको यो दोश्रो पटक हो। वहाव रियाजले ४ विकेट लिए जुन क्रममा ९.४ ओभरमा ४१ रन खर्चिए। इमाद वासिमले १ विकेट लिए।

पाकिस्तानको ब्याटिंग 

यस अघि टस जितेर ब्याटिंग रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८१ रन बनाएको थियो।

पाकिस्तानको लागि चौथो नम्बरमा ब्याटिंग गरेका देब्रे हाते ब्याट्सम्यान हरिश सोहेलले १३ औं एकदिवसीय अर्धशतक बनाउने क्रममा सर्वाधिक ७१ रन बनाए। उनले ८२ बलमा ६ चौका र २ छक्का प्रहार गरे। यस्तै इमाम उल हकले ७५ बलमा ६ चौका मद्दतले ५८ रन बनाए। इमाद वासिमले अविजित ३४, फाहिम अश्रफले २३, अबिद अलिले २१, बाबर आजमले १९, मोहम्मद रिजावनले १४ तथा इफ्तिकार एहमदले १२ रन बनाए।

पहिलो विकेटको लागि ओपनर इमाम उल हक र अबिद अलिले ४७ रनको साझेदारी गरेका थिए। ११ औं ओभरमा कार्ल मुम्बाले अलिलाई एलबिडब्लु गरेपछि पाकिस्तानले नियमित अन्तरलमा विकेट गुमाएको थियो। हरिश सोहेलले चौथो विकेटको लागि मोहम्मद रिजवानसंग ४२ रनको, पाँचौ विकेटको लागि इफ्तिकार एहमदसंग ३३ रनको साझेदारी गरे। आठौँ नम्बरमा ब्याटिंग गरेका इमाद वासिमले फहीम अशरफसंग ४२ रनको साझेदारी गर्दै टिमको योगफल २५० पार गराएका थिए। अन्तिम ५ ओभरमा पाकिस्तानले २ विकेट गुमाएर ४९ रन बनाउन सक्यो।

जिम्बाब्वेको बलिंगमा टेण्डी चिसोरो ( ५-०-३१२ ) र ब्लेसिंग मुजाराबानि ( ९-०-३९-२ ) ले समान २ विकेट लिए। कार्ल मुम्बा ( ८-०-६९-१ ) र सिकन्दर राजा ( ९-०-४५-१ ) ले समान १ विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो एकदिवसीय नोभेम्बर १ तारिखमा तथा तेश्रो एकदिवसीय नोभेम्बर ३ तारिखमा रावलपिण्डीमानै खेलिनेछ। एकदिवसीय सिरिज पछि नोभेम्बर ७, ८ र १० तारिखमा रावलपिण्डीमा ३ वटा टि-२० को सिरिज खेल्ने तालिका रहेको छ। जिम्बाब्वेले २०१५ पछि पहिलो पटक पाकिस्तानको भ्रमण गरेको हो।

यो पनि पढ्नुस 

IPL : पन्जाबको प्ले-अफ साथै शिर्ष-२ पुग्ने लक्ष्य, राजस्थानलाई गर या मरको स्थिति

कोलकाताको प्ले-अफ सम्भावना कति ? सबै टिमको प्ले-अफ समीकरण यस्तो छ

आईपीएलपछि भारतको अस्ट्रेलिया भ्रमणको खेल तालिका सार्वजनिक





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]