विलियम्सको शतकमा जिम्बाब्वेद्वारा पाकिस्तानलाई २७९ रनको लक्ष्य

२०७७ कार्तिक १८, मंगलवार १६:३९

जिम्बाब्वेको पाकिस्तान भ्रमण अन्तर्गत एकदिवसीय सिरिजको अन्तिम एकदिवसीय रावलपिण्डीमा जारि रहेको छ।

खेलमा टस जितेर ब्याटिंग गरेको जिम्बाब्वेले पहिलो इनिंगको समाप्तिमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७८ रन बनाउदै पाकिस्तानलाई २७९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

जिम्बाब्वेको लागि सिन विलियम्सले पाकिस्तान बिरुद्ध पहिलो तथा करियरको चौथो शतक बनाए। उनले अविजित ११८ रन बनाए जुन क्रममा १३५ बलमा १३ चौका र १ छक्का हिर्काए।

खराब सुरुवात गरेको जिम्बाब्वेले पहिलो ३ विकेट २२ रनको योगफलमै गुमाएको थियो। चौथो विकेटको लागि विलियम्स र ब्रेण्डन टेलरले ८४ रनको साझेदारी गरे। यस्तै पाँचौ विकेटको लागि विलियम्सले वेसले मधिभिरेसंग ७५ रनको तथा छैठौं विकेटको लागि सिकन्दर राजासंग ९६ रनको साझेदारी गरे। टेलरले ५६ रन, राजाले ४५ रन तथा मधिभिरेले ३३ रन बनाए।

मोहम्मद हसनैनले ५ विकेट लिए 

पाकिस्तानको बलिंगमा दायाँ हाते पेसर मोहम्मद हसनैन एक्लैले ५ विकेट लिए जुन क्रममा १० ओभरमा ३ मेडन ओभर गर्दै मात्र २६ रन खर्चे। करियरमा उनले एकै इनिंगमा ५ विकेट लिएको यो पहिलो पटक हो।  वहाव रियाजले १ विकेट ( १०-०-६५-१ ) लिए।

सिरिज अन्तर्गत पहिलो २ एकदिवसीय पाकिस्तानले क्रमशः २६ रन र ६ विकेटले जितेको थियो। एकदिवसीय सिरिज पछि दुई टिम बीच नोभेम्बर ७ देखि ३ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेलिनेछ।

यो पनि पढ्नुस :-

को बन्ला नेपालको मुख्य प्रशिक्षक, क्यानले आईसीसीलाई पठाइयो आवेदकहरुको सूची

IPL प्लेअफ रेस : २ टिम १ स्थान , हैदरावादको प्रदर्शनमा कोलकाता निर्भर

“छनौट भयौं खुसि छौँ तर शिर्ष-२ मा पर्न सकेको भए अझ राम्रो हुन्थ्यो” कोहली

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy