पाकिस्तानले सिरिज क्लिन स्विप गर्दा कादिर उत्कृस्ट

२०७७ कार्तिक २५, मंगलवार १९:३७

तेश्रो टि-२० मा भ्रमण टोलि जिम्बाब्वेलाई ८ विकेटले पराजित गर्दै घरेलु टिम पाकिस्तानले ३-० ले सिरिज क्लिन स्विप गरेको छ। यस अघि खेलिएको दुईवटा टि-२० पाकिस्तानले क्रमशः ६ विकेट र ८ विकेटले जित्दै सिरिज आफ्नो नाम गरिसकेको थियो। यस अघि वानडे अन्तर्राष्ट्रिय सिरिजमा पाकिस्तान २-१ ले विजयी भएको थियो।

रावलपिण्डीको रावलपिण्डी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य पाकिस्तानले २ विकेट गुमाएर १५.२ ओभरमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा घरेलु टिमको लागि अब्दुल्लाह शफिकले अविजित ४१ ( ३३ बलमा ४ चौका र १ छक्का ) तथा खुसदिल शाहले अविजित ३६ रन ( १५ बलमा ३ चौका र ३ छक्का ) बनाए। हैदर अलिले २७ तथा फखर जमानले २१ रन बनाए।

ओपनर शफिकले जमानसंग ३९ रनको ओपनिंग साझेदारी, दोश्रो विकेटको लागि अलिसंग ४० रनको तथा तेश्रो विकेटको लागि ५१ रनको अविजित साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।

जिम्बाब्वेको लागि वेलिंगटन मासाकाट्जा ( २-०-१९-१ ) र मिल्टन शुम्बा ( २-०-२८-१ ) ले समान १ विकेट लिए।

कादिरको करियरकै उत्कृस्ट बलिंग 

यस अघि टस जितेर ब्याटिंग रोजेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १२९ रन बनाएको थियो।

जिम्बाब्वेको लागि कप्तान चामु चिभाभाले सर्वाधिक ३१ रन, डोनाल्ड त्रिपानोले २८, मिल्टन शुम्बा र वेलिंगटन मासाकाट्जाले समान ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। वेसले मधिभिरेले ९, ब्रेण्डन टेलरले ८, क्रेग इर्भिनले ४ तथा करियरको अन्तिम खेल खेलीरहेका एल्टन चिगुम्बुराले २ रन बनाए।

पाकिस्तानको बलिंगमा लेग स्पिनर उस्मान कादिरले पुनः शानदार बलिंग गर्ने क्रममा एक्लैले ४ विकेट लिए। करियरको तेश्रो टि-२० खेल्ने क्रममा उनले व्यक्तिगत उत्कृस्ट बलिंग स्पेल दर्ता गर्दै ४ ओभरमा मात्र १३ रन खर्चिए। पाकिस्तानका महान लेग स्पिनर मानिने अब्दुल कादिरका छोरा समेत रहेका कादिरले अघिल्लो खेलमा पनि ३ विकेट लिएका थिए। कादिर डेब्यु सिरिजमै प्रतियोगिताकै उत्कृस्ट खेलाडी समेत चुनिएका छन् जसले ३ खेलमा ८ विकेट हात पारे।

इमाद वासिमले २ विकेट ( ४-०-२७-२ ) तथा हरिश रौफ ( ४-०-३८-१ ) र मोहम्मद हसनैनले ( ४-०-२२-१ ) ले समान १ विकेट लिए।

https://wicketnepal.com/mi-vs-dc-final-ipl2020-toss/

https://wicketnepal.com/ipl20-orange-cap-9-players/

https://wicketnepal.com/20ipl-purple-cap-winners-list-wn20/

https://wicketnepal.com/ipl-winners-all-list-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy