भारतलाई पराजित गर्दै पाकिस्तानले जित्यो एसीसी इमर्जिंग टिम्स एसिया कप

भारत ‘ए’ लाई १२७ रनको विशाल अन्तरले पराजित गर्दै पराजित गर्दै पाकिस्तान ‘ए’ ले लगातार दोश्रो पटक एसीसी इमर्जिंग टिम्स एसिया कपको उपाधि जितेको छ।

२०१९ मा बंगलादेशमा आयोजित अघिल्लो संस्करण पनि पाकिस्तानले जितेको थियो जुन क्रममा फाइनलमा बंगलादेशलाई पराजित गरेको थियो।

आर प्रेमदासा स्टेडियम कोलोम्बोमा सम्पन्न फाइनलमा पाकिस्तानले दिएको ३५३ रनको लक्ष्य पछ्याएको भारतले ४० ओभरमा सबै विकेट गुमाएर २२४ रन मात्र बनाउन सक्यो।

भारतको लागि ओपनर अभिषेक शर्माले सर्वाधिक ६१, कप्तान यश धुलले ३९ रन, साई सुदर्शनले २९ रन योगदान दिए। शर्मा र सुदर्शनले ६४ रनको ओपनिंग साझेदारी गरेता पनि त्यसपछि भारतले नियमित अन्तरलमा विकेट गुमाउन पुग्दा पाकिस्तान खेलमा हावी रह्यो।

पाकिस्तानको बलिंगमा सुफियान मुकिमले ३ विकेट लिंदा अर्शद इकबाल, मेहरान मुम्ताज र मोहम्मद वासिमले २/२ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट क्षेतीमा ३५२ रन बनायो।

पाकिस्तानको लागि तय्यब ताहिरले शतकीय योगदान दिए जुन क्रममा ७१ बलमा १२ चौका र ४ छक्का प्रहार गरे। साहीबजादा फरहानले ६५, सैम अयुबले ५९, ओमर युसुफ र मुबसिर खानले समान ३५ रन बनाए।

सैम अयुब र साहीबजादा फरहानले १२१ रनको ओपनिंग साझेदारी गर्दै पाकिस्तानलाई उत्कृस्ट सुरुवात दिलाएका थिए। छैठौं विकेटको लागि तय्यब ताहिर र मुबसिर खानले १२६ रनको साझेदारी गरे।

भारतको बलिंगमा राजवर्धन हांगरगेकर र रियान परागले २/२ विकेट लिए।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]