पाकिस्तानको जितमा रिजवानको उत्कृस्ट इनिंग्स

२०७७ चैत्र २८, शनिबार २२:२५

दक्षिण अफ्रीका भ्रमण अन्तर्गत ४ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा भ्रमण टोलि पाकिस्तान ४ विकेटले विजयी हुँदै सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ।

जोहनेस्बग स्थित द वन्डरर्स स्टेडियममा सम्पन्न खेलमा दक्षिण अफ्रीकाले दिएको १८९ रनको लक्ष्य पाकिस्तानले १ बल बाँकि रहंदा ६ विकेट गुमाएर भेटायो। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा लक्ष्य पाकिस्तानले पछ्याएको यो सबैभन्दा ठुलो लक्ष्य हो।

पाकिस्तानको लागि ओपनर मोहम्मद रिजवानले अविजित सर्वाधिक ७४ रन बनाए जुन क्रममा ५० बलमा ९ चौका र २ छक्का प्रहार गरे। फहिम अश्रफले ३० रन, फखर जमानले २७ रन, बाबर आजम र हैदर अलिले समान १४ रन तथा मोहम्मद हफिजले १३ रन बनाए।

रिजवानले बाबर आजमसंग ४१ रनको ओपनिंग साझेदारी गरेका थिए भने दोश्रो विकेटको लागि फखर जमानसंग ४५ रन जोडेका थिए। त्यसपछि मध्यक्रमका ब्याट्सम्यानहरुले नियमित अन्तरलमा विकेट गुमाएता पनि रिजवानले एक किनार सम्हालेर ब्याटिंग गरे।

१३२ रनमा ५ विकेट गुएको अवस्थामा रिजवानले फहीम अश्रफसंग ४८ रनको साझेदारी गर्दै टिमलाई जितको दिशा दिएका थिए।

जितको लागि अन्तिम ओभरमा ११ रन आवस्यक हुँदा लिजाड विलियम्सले गरेको अन्तिम ओभरमा दोश्रो बलमा अश्रफ आउट हुन पुगेका थिए। त्यसपछि तेश्रो बलमा हसन अलिले चौका प्रहार गरे भने त्यसपछि क्रमशः २ र ३ रन लिंदै पाकिस्तानलाई जितसम्म डोर्याए।

दक्षिण अफ्रीकाको बलिंगमा बिउरन हेन्ड्रिक्सले सर्वाधिक ३ विकेट ( ४-०-३२-३ ) , तब्रेज शाम्सीले २ विकेट ( ४-०-२९-२ ) र लिजाड विलियम्सले १ विकेट ( ३.५-०-३९१ ) लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाएको थियो।

दक्षिण अफ्रीकाको लागि ओपनर एडेन मारक्रमले सर्वाधिक ५१ रन बनाए जुन क्रममा ३२ बलमा ८ चौका र १ छक्का प्रहर गरे। यस्तै कप्तान हेनरिच क्लासेनले ५० रन बनाए जुन क्रममा २८ बलमा २ चौका र ४ छक्का प्रहार गरे। पिट भान बिल्जोनले ३४ रन तथा जानेमन मलानले २४ रन बनाए।

पाकिस्तानको बलिंगमा मोहम्मद नवाज ( ४-०-२१-२ ) र हसन अलि ( ४-०-२८-२ ) ले समान २ विकेट तथा शाहिन अफ्रिदी ( ४-०-४५-१ ) र हरिस रौफले ( ३-०-३७-१ ) ले समान १ विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो खेल अप्रिल १२ तारिख सोमबार खेलिनेछ। दुई देश बीच यस अघि सम्पन्न एकदिवसीय सिरिज पाकिस्तानले २-१ ले आफ्नो पक्षमा पारेको थियो।

बाबर आजमको कीर्तिमान

पाकिस्तानी ब्याट्सम्यान बाबर आजमले खेलको दौरान टि-२० क्रिकेटमा ६ हजार रन पुरा गरेका छन् जुन क्रममा उनि ६ हजार रन पुरा गर्ने विश्वकै दोश्रो छिटो ब्याट्सम्यान बनेका छन्। १६५ खेल खेल्ने क्रममा आजमले ६ हजार रन पुरा गर्दै शन मार्श ( १८० ) , बिराट कोहली ( १८४ ) र आरोन फिंच ( १९० ) लाई पछि पारेका हुन्। सबै भन्दा छिटो ६ हजार टि-२० रन बनाउने किर्तिमान वेस्टइन्डिजका क्रिस गेलको नाममा रहेको छ जसले १६२ खेलमा उक्त कोसेढुङ्गा पार गरेका थिए।

धेरैले पढेको 

https://wicketnepal.com/police-2nd-win-sikkim-a-div/

https://wicketnepal.com/tri-ser-nep-ned-1st-match-wn21/

https://wicketnepal.com/apf-upadhi-sita-utkrist-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy