पाकिस्तानसँग पहिलो पटक टी-२० आई खेल्दै नेपाल

काठमाडौं । श्रीलंकामा जारी नवौं संस्करणको एसिया कपमा नेपालले आईतबार आफ्नो दोस्रो खेल खेल्दैछ ।

आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ । नेपालको पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीसँग टी-२० आई मान्यता प्राप्त खेल भने पहिलो पटक खेल्न लागेको हो ।

२०१६ को एसिया कपमा नेपाल र पाकिस्तानबीच खेल भएको थियो । तर, सो समयमा नेपाली टोलीले आईसीसीबाट टी-२० आई मान्यता प्राप्त नगरेको भएर खेल टी-२० मान्यताको मात्र भएको थियो ।

२०१८ पछि आईसीसीले हरेक सदस्य राष्ट्रबीचको टी-२० खेलले अन्तर्राष्ट्रिय मान्यता पाउने नियम बनाएपछि नेपालका हरेक खेल अन्तराष्ट्रिय मान्यताका हुदै आएका छन् ।

२०२४ को नवौं संस्करणको एसिया कपको पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो । उता, पाकिस्तान भने भारतसँग सात विकेटले पराजित भएको थियो ।

नेपाल र पाकिस्तानबीचको खेल डम्बुला क्रिकेट रंगशाला श्रीलंकामा आइतबार बेलुका सवा सातमा हुनेछ । यो खेल नेपाली महिला क्रिकेट टिमको पहिलो रात्रिकालिन क्रिकेट पनि हुनेछ ।





थप समाचार

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

कप्तान रुविनाको अलराउन्डर प्रदर्शनमा काेशीकाे लगातार दोस्रो जित

कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्डर प्रदर्शनसँगै लगातार दोस्रो जित निकालेको कोशी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको प्लेअफ […]

स्कटल्याण्डसँग नेपाल १ विकेटले पराजित

पिप्पा स्प्रौलको सानदार बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल स्टकल्यान्डसँग एक विकेटले […]

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]