“पाकिस्तानले विश्वकप जित्ने सम्भावना धेरै छ” वकार युनिस

Pakistan Cricket Team
  • विकेटनेपाल – ४ असार, सोमबार

सन् २०१७ को च्याम्पियन्स ट्रफी बिजेता राष्ट्र पाकिस्तानलाई सन् २०१९ को एक दिवसीय विश्वकपमा समेत बलियो दावेदारका रुपमा लिइएको छ। इंग्ल्याण्डमा सम्पन्न च्याम्पियन्स ट्रफीमा अन्डर डगका रुपमा प्रस्तुत भएको पाकिस्तानले प्रतियोगितामा भारत, इंग्ल्याण्ड जस्ता बलिया टोलीलाई जवाफ बिहिन बनाएको थियो।

च्याम्पियन्स ट्रफीमा प्राप्त गरेको सफलता पाकिस्तानसंग ताजानै रहंदा इंग्ल्याण्डमानै आयोजना हुने विश्वकप फेरिपनि पाकिस्तानले जित्नेमा पूर्व पाकिस्तानी बलर वकार युनिस बिस्वस्त बनेका छन्। आईसीसीसंगको कुराकानीका क्रममा वकार युनिसले भने, “पाकिस्तानले इंग्ल्याण्डमानै च्याम्पियन्स ट्रफी जितेको हो र उनीहरुलाई इंग्ल्याण्डमा कसरि खेल्नु पर्छ भन्ने थाहा छ। उनीहरुले भर्खरै मात्र इंग्ल्याण्डलाई नै टेस्ट क्रिकेटमा समेत पराजित गरेका छन्।”

Waqar Younis
Waqar Younis

विश्वकप क्रिकेटमा २२ विकेट आफ्नो नाम गरेका वकारले थपे, “च्याम्पियन्स ट्रफी जितेको टोलीलाई हेर्दा यो टोलीमा अब आत्मविश्वास बढ्दै गएको छ। र यसलाई हेर्ने हो भने पाकिस्तानसंग विश्वकप जित्ने ठूलो सम्भावाना रहेको छ।”

एसियाली राष्ट्र भएतापनि इंग्ल्याण्डमा पाकिस्तानका समर्थकहरु प्रशस्त रहेका छन्। विश्वकै ठूलो क्रिकेट प्रतियोगितामा सहभागिता हुँदा पाकिस्तानको खेल र समर्थकको संख्याले घरेलु टोलि इंग्ल्याण्डमाथी समेत दवाब पर्ने वकारको बुझाई रहेको छ। इंग्ल्याण्डमा आयोजनाहुने प्रतियोगिताअघि भारतले सन् २०११ मा र अष्ट्रेलियाले २०१५ मा आयोजक राष्ट्र बन्दै उपाधि जितेको कारणले यस संस्करणमा इंग्ल्याण्ड बलियो दावेदार रहेको वकारले बताएका छन्।

पाकिस्तानको उपाधि जित्ने सम्भावानाका बिषयमा बोल्दै उनले भने, “प्रतियोगितामा चुनौती र दबाब धेरै रहने छ। देशभरि बाटनै पाकिस्तानमाथी आशा रहेको हुन्छ र इंग्ल्याण्डमा रहने पाकिस्तान समर्थकहरुबाट समेत टोलीलाई साथ हुनेछ। र समर्थकहरुसंगै दवाब समेत बढ्दछ त्यसैले म आशा गर्दछु कि पाकिस्तानले राम्रो क्रिकेट खेल्ने छ।” आयोजक इंग्ल्याण्डको बिषयमा बोल्दै पुर्व तिब्र गतिका बलर वकारले थपे, ” इंग्ल्याण्डमाथी धेरै दवाब रहेको छ। यसअघिका दुई संसकरणहरु आयोजक टोलीले जितेका छन् र यसले गर्दा इंग्ल्याण्डमाथी धेरै दवाब सृजना भएको छ। उनीहरुले आफ्नो खेल धेरै मजाले बुझेका छन् तरपनि यो विश्वकप जित्न कुनै टोलीलाई सजिलो छैन।”

Photo : Cricbuzz





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]