यु-१९ एसिया कप : पाकिस्तान पहिलो चरणबाटै आउट

श्रीलंकामा जारि अन्डर-१९ एसिया कप क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा भारतसँग पराजित हुँदै पाकिस्तान प्रतियोगिताबाटै बाहिरिएको छ।

सन् २०१७ मा फाइनलमा अफगानिस्तानसँग पराजित हुँदै उप-विजेता भएको पाकिस्तान गत संस्करणमा पहिलो चरणबाट बाहिरिएको थियो। गत वर्ष समुह चरणमा पाकिस्तान श्रीलंका र बंगलादेशसंग पराजित भएको थियो।

प्रतियोगिता अन्तर्गत खेलेका दुई खेलमा पाकिस्तानले लगातार हार बेहोरेको हो। समुह ‘ए’ अन्तर्गत अफगानिस्तान र भारतले खेलेको दुवै खेलमा जित निकाल्दै ४ अङ्क बटुल्दै सेमीफाइनल प्रवेश गरेका छन्। अंकविहिन पाकिस्तान कुवेतसँग खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको हो। भारत र अफगानिस्तान बीच सोमबार हुने खेलले समूह बिजेताको टुंगो लगाउनेछ।

यस अघि पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानसँग ७५ रनको फराकिलो हार बेहोर्नुपरेको थियो। अफगानिस्तानले दिएको १६४ रनको लक्ष्य पछ्याउदा पाकिस्तान मात्र ७८ रनमै समेटिएको थियो।

भारत सेमीफाइनलमा 

शनिबार सम्पन्न खेलमा नतिजा ६० रनले भारतको पक्षमा गयो। टस जितेर पहिले ब्याटिंग गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाएर ३०५ रन बनाएको थियो। भारतका लागि अर्जुन आजादले १२१ रन (१११ बल, ११ चौका, ४ छक्का) र ठाकुर तिलक वर्मा नम्बूरीले ११० रन (११९ बल, १० चौका, १ छक्का) बनाउँदै दोश्रो विकेटको लागि १८३ रनको साझेदारी गरेका थिए।

प्लेयर अफ द म्याच अर्जुन आजाद

पाकिस्तानका नसीम शाह (१०-००५२-३) र मोहम्मद अब्बास अफ्रिदी (१०-१-७२-३) ले समान ३/३ विकेट लिए।

जवाफमा लक्ष्य पछ्याएको पाकिस्तान भारतका अथर्व अंकोलेकरले ३ विकेट (१०-०-३६-३) तथा विद्याधर पाटिल (१०-०२८-२) र सुशान्त मिश्र (७-०-३७-२) ले समान २/२ विकेट लिएपछी मात्र २४५ रनमा समेटियो। पाकिस्तानका लागि कप्तान तथा विकेट किपर रोहेल नाजिरले ११७ रन (१०५ बल, १२ चौका, ३ छक्का) र मोहम्मद हरिसले ४३ रन (५६ बल, २ चौका, १ छक्का) बनाएपनि अन्य खेलाडीले ठुलो स्कोर बनाउन सकेनन्।

 

आइतबार हुने खेलमा नेपालले बंगलादेश तथा आयोजक श्रीलंकाले युएईसँग प्रतिस्पर्धा गर्नेछन्। खेल नेपाली समय अनुसार ९:४५ बजे बिहान सुरु हुनेछ।

खेलका अन्य फोटोहरु

 

 

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy