अफगानिस्तानसंग पाकिस्तानको खेल , सेमीफाइनल पुग्ने यस्तो छ समीकरण

इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना भईरहेको बाह्रौं संस्करणको एकदिवसीय विश्वकप अन्तर्गत आज हुने लिग चरणको ३६ औं खेलमा पाकिस्तानले अफगानिस्तानको सामना गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ।

लिग चरणका खेलहरु अन्तिम चरणमा पुग्दा सेमिफाइनल होड रोमान्चक देखिएको छ। १० टिम मध्ये अंकतालिकामा उत्कृस्ट हुने ४ टिम सोझै सेमीफाइनल पुग्नेछ।

हालसम्म अष्ट्रेलियाले मात्र सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ भने भारत र न्युजिल्यान्ड पनि मात्र १ अङ्क टाढा छन्। अफगानिस्तान, वेस्ट इन्डिज र दक्षिण अफ्रीका प्रतियोगिताबाट बाहिरीसकेका छन् भने सेमीफाइनल पुग्ने चौथो टिम तय गर्नको लागि पाकिस्तान, श्रीलंका, बंगलादेश र आयोजक इंग्ल्याण्डको रोचक प्रतिस्पर्धा हुने देखिन्छ।

अफगानिस्तान र पाकिस्तानको खेल अघिको अङ्कतालिका

इंग्ल्याण्ड हाल अङ्कतालिकाको चौथो स्थानमा रहेको छ तर यदि आजको खेलमा पाकिस्तानले अफगानिस्तानलाई पराजित गरे इंग्ल्याण्डलाई पाचौं स्थानमा धकेल्दै चौथो स्थानमा पुग्नेछ।

पाकिस्तानले अफगानिस्तान र बंगलादेश दुवैलाई पराजित गरेको खण्डमा र इंग्ल्याण्ड भारत र न्युजिल्याण्डसंग बाँकी २ खेल मध्ये १ खेलमा पराजित भए सेमीफाइनलमा स्थान पक्का गर्नेछ।

पाकिस्तानले बाँकी २ मध्ये १ खेल हारेको खण्डमा इंग्ल्याण्डले दुवै खेल हार्नपर्नेछ साथै बंगलादेश र श्रीलंकाले कम्तिमा १/१ खेल हार्नुपर्नेछ।

एकातिर अफगानिस्तान प्रतियोगितामा कम्तिमा १ जित हात पार्दै सम्मानजनक तरिकाले विश्वकपबाट विदा हुन चाहन्छ भने अर्कोतिर पाकिस्तान १९९२ मा विश्वकप उपाधि जितेकै बाटो पछ्याउन।

प्रतियोगितामा हालसम्म खेलेको ७ खेलमा पाकिस्तानको नतिजा १९९२ विश्वकपको पहिलो ७ खेलको नतिजासंग ठ्याक्कै मिलेको छ। त्यसैले पाकिस्तान समर्थकहरु विश्वकप जित्ने सपना देख्न थालीसकेका छन् जसलाई संयोगको राम्रो साथ पनि मिलेको छ भने सुधारिएको प्रदर्शनले त्यसलाई आधार दिएको छ।

प्रतियोगितामा अफगानिस्तानले भारतलाई स्पिनरको सहयोगमा चुनौती दिएता पनि अन्य खेलहरुमा भने प्रदर्शन खास रहेन। उसले अनुशासनको कारबाही गर्दै तिब्रगतिका बलर अफताब आलमको स्थानमा सयद शिर्जादलाई टिममा बोलाएको छ तर उनको पहिलो उनको अन्तिम एघारमा पर्ने सम्भावना छैन। अफगानिस्तान हरेक खेलमा पुरा ५० ओभर ब्याटिंग गर्न संघर्ष गरिरहेको छ भने तिब्र गतिको बलिंग बिरुद्द अफगानिस्तानले प्रतियोगितामा सर्वाधिक ४७ विकेट गुमाएको छ।

अफगानिस्तानसंगको खेल अघि अभ्यास गर्दै पाकिस्तान

अर्कोतर्फ पाकिस्तानले फास्ट बलिंगमा धेरै विकेट गुमाएको अफगानिस्तानलाई धरासायी बनाउन सक्ने सम्भावना छ। विश्वकप अघि आलोचना बेहोरिरहेका मोहम्मद आमिरले विश्वकपमा प्रभाव पारेका छन्। आमिरले ६ खेलमा १६ विकेट लिईसकेका छन् र धेरै विकेट लिने सुचीमा मिचेल स्टार्क ( १९ विकेट ) पछि दोश्रो स्थानमा जोफ्रा आर्चरसंगै रहेका छन्।

यस्तो महत्वपूर्ण समयमा आएर पाकिस्तानले कुनैपनि परिवर्तन गर्ने सम्भावना न्युन रहेको छ। खराब फर्ममा रहेका शोएब मल्लिकको स्थानमा आएका ह्यारिस सोहेलले लगातार २ वटा अर्धशतक प्रहार गरेका छन् भने बाबर अजामले पनि पछिल्लो खेलमा शतक बनाउंदै न्युजिल्यान्डलाई पहिलो हार चखाएका थिए। आजमले ६ खेलमा ६६.६ को औशतले ३३३ रन बनाइसकेका छन् र धेरै रन बनाउने सुचीमा सातौँ स्थानमा रहेका छन्।

प्रतियोगितामा अफगानिस्तानको नतिजा – 

बिरुद्ध बंगलादेश – ६२ रनले पराजित
बिरुद्ध भारत – ११ रनले पराजित
बिरुद्ध इंग्ल्याण्ड – १५० रनले पराजित
बिरुद्ध दक्षिण अफ्रीका – ९ विकेटले पराजित
बिरुद्ध न्युजिल्याण्ड – ७ विकेटले पराजित
बिरुद्ध श्रीलंका – ३४ रनले पराजित
बिरुद्ध अस्ट्रेलिया – ७ विकेटले पराजित

पाकिस्तानसंगको खेल अघि अभ्यास गर्दै अफगानिस्तान

लिड्स मैदानको पिचको कुरा गर्दा इंग्ल्याण्डले विश्वकप अघि एकदिवसीय सिरिजमा यसै मैदानमा पाकिस्तानबिरुद्ध ३५१ रन बनाएको थियो। अघिल्लो हप्ता श्रीलंका बिरुद्दको खेलमा २३२ रनको लक्ष्य भेटाउन सकेको थिएन। श्रीलंकासँगको त्यह हार पछी सेमिफाइनल होड रोमान्चक बनेको हो।

मात्र आफ्नो दोश्रो विश्वकप खेलिरहेको अफगानिस्तानले यसअघि पाकिस्तानको सामना गरेको छैन। तर केहि दिन अगाडी वार्मअप खेलमा भने अफगानिस्तानले पाकिस्तानलाई ३ विकेटले पराजित गरेको थियो।

प्रतियोगितामा पाकिस्तानको नतिजा – 

बिरुद्ध न्युजिल्याण्ड – ६ विकेटले विजयी
बिरुद्ध दक्षिण अफ्रीका – ४९ रनले विजयी
बिरुद्ध भारत – ८९ रनले पराजित
बिरुद्ध अस्ट्रेलिया – ४१ रनले पराजित
बिरुद्ध श्रीलंका – नतिजाविहिन
बिरुद्ध इंग्ल्याण्ड – १४ रनले विजयी
बिरुद्ध वेस्टइन्डिज – ७ विकेटले पराजित

 





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]