नेपालसँग खेल्ने पाकिस्तानको टोली घोषणा

२०८१ असार १८, सोमबार १४:०५

काठमाडौं । नवौं संस्करणको महिला एसिया कपमा नेपालसँगै एकै समूहमा रहेको पाकिस्तानको टोली घोषणा भएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले सोमबार निदा दारको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

नेपाल र पाकिस्तानबीचको खेल २१ जुलाईमा रहेको छ । भारतसँग १९ जुलाईमा खेल्दै पाकिस्तानले एसिया कपको यात्रा सुरुआत गर्नेछ ।

नवौं संस्करणको महिला एसिया कपमा आठ राष्ट्रको सहभागीता रहेको छ ।

यस प्रतियोगितामा एसियाका टेष्ट मान्यता पाएका अफगानिस्तान बाहेकका टिम सिधै छनोट भएको हुन् । भने, बाँकी चार टोली भने एसीसी महिला प्रिमियर कपको शीर्ष चारमा रहेर छनोट भएका हुन् ।

प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल सहित पाकिस्तान समूह ए मा रहेको छ ।

समूह ए मा सात पटकको च्याम्पियन भारत सहित युएई पनि रहेका छन् । समूह बी मा बंगलादेश, श्रीलंका थाईल्यान्ड र मलेसिया छन् ।

पाकिस्तानी टोली

निदा दार (कप्तान), आलिया रियाज, दियना बाग, फतिमा साना, गुल फिरोज, ईराम जावेद, मुनिबा अलि, नाजिभा अल्भि, नाश्रा सिन्धु, ओमइमा सोहेल, सदिया इकवाल, सिद्रा अमिन, सैयद शाह, तस्मिअ रुब्बाब र तुबा हसन

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy