बसिरले आक्रामक ब्याटिंग गर्दा लुम्बिनी यात्रिजको लगातार तेश्रो जित

  • विकेटनेपाल, बैशाख ८- शनिबार 

कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारि आशिर्वाद पेन्ट्स नेपालगंज कप क्रिकेटको शनिबार सम्पन्न छैठौ दिनको पहिलो खेलमा लुम्बिनी यात्रिजले पाल्पा योद्धाजलाई ४ विकेटले पराजित गरेको छ। लुम्बिनीको यो लगातार तेश्रो जित हो भने पाल्पाको लगातार तेश्रो हार। तेश्रो हारसंगै पाल्पाको प्रतियोगिताको फाइनल प्रवेश गर्ने सम्भावना सकिएको छ भने लुम्बिनीले उत्कृस्ट २ हुँदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

खेलको म्यान अफ द म्याच बसिर अहमद

खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै पाल्पाले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १८.२ ओभरमा पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा १६.२ ओभरमा ११२ रनको अवस्थामा रहेको लुम्बिनीको लागि सातौँ विकेटको साझेदारीको रुपमा बसिर अहमद र निजामुद्दिन हलवाईले ३८ रन बनाएपछि १० बल अगावै जित दर्ता गरेको हो। बसिरले १४ बलमा ३ छक्का र १ चौका मदतले ३१ रन बनाए भने निजामुद्दिनले १ चौका र १ छक्का मदतले १२ रन बनाए।

यस अघि ओपनर बिशाल खत्रीले २९ रन तथा आदील खानले आक्रामक ३५ रन ( २१ बल, ३ चौका र ३ छक्का ) प्रहार गर्दै टिमलाई राम्रो सुरुवात दिलाएका थिए। यस्तै कुशल मल्लले १८ रन योगदान दिए।

बलिंगतर्फ पाल्पा योद्दाजका दिपेन्द्र रावतले ४ विकेट लिने क्रममा ४ ओभरमा १६ रन खर्चिए पनि जितको लागि पर्याप्त हुन सकेन। विजय चौधरी र भिम धमलाले समान १/१ विकेट लिए।

यस अघि पाल्पा योद्धाजले पुरै २० ओभर ब्याटिंग गर्दै ४ विकेट गुमाएर १४४ रनको योगफल तयार गरेको थियो।

पाल्पाको इनिंगमा यु-१९ राष्ट्रिय क्रिकेट खेलाडी समेत रहीसकेका प्रनित थापा मगरले अविजित अर्धशतक बनाए। मात्र २८ बलमा उनले ३ चौका र २ छक्का प्रहार गरे। इनिंगको अन्तिम बलमा ४६ रनमा रहेको अवस्थामा कृष्ण कार्कीको बलमा चौका प्रहार गर्दै उनले अर्धशतक पुरा गरेका थिए।

प्रनित थापाले अर्धशतक बनाए

यस अघि ओपनर रित गौतमले ३२ रन ( ४३ बल, ३ चौका ) बनाएर रन तथा अर्का ओपनर अनुपम सिंह १० रनमा आउट भए। प्रनित थापा र सिद्धान्त राज शाहीले चौथो विकेटको लागि ४८ रनको साझेदारी गर्दै लक्ष्य ठुलो बनाउन महत्वपूर्ण योगदान दिएका थिए। सिद्धान्तले १२ बलमा २ छक्का मदतले २० रन बनाए। यस्तै तेश्रो नम्बरमा ब्याटिंग गरेका दिपेन्द्र रावतले २० रन बनाए।

लुम्बिनी यात्रिजका बलर कुशल मल्ल र निजामुद्दिन हलवाईले समान १/१ विकेट लिए। विकेट बिहिन रहेका कप्तान कृष्ण कार्कीले ४ ओभरमा ४३ रन खर्चिन पुगे। स्कोरकार्ड हेर्नुस 

फोटोहरु :-





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]