‘पोलार्ड र पान्ड्या जस्ता ब्याट्सम्यानले यो आईपीएलमा संघर्ष गर्नेछन्’ रमिज राजा

२०७७ भाद्र २६, शुक्रबार २०:४०

पूर्व पाकिस्तानी क्रिकेटर रमिज राजाले यो वर्ष आईपीएलमा स्पिनरहरुले महत्वपूर्ण भूमिका खेल्ने बताउदै आक्रामक ब्याट्सम्यानहरुलाई मुस्किल हुने दावी गरेका छन्। राजाले स्पिनरलाई राम्रो खेल्ने भएता पनि हार्दिक पान्ड्या, काइरन पोलार्ड जस्ता ब्याट्सम्यानहरुले युएईको पिचमा संघर्ष गर्ने बताएका छन्।

शुक्रबार सम्पन्न करेबियन प्रिमियर लिगको उपाधि जित्ने क्रममा ट्रिनबागो नाइट राइडर्सको कप्तान रहेका पोलार्ड प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका थिए। यसै बीच राजाले पोलार्डबारे प्रतिक्रिया दिएका हुन्।

“मलाई लाग्छ जुन टिमसंग स्पिन पक्ष राम्रो हुन्छ त्यसले राम्रो प्रदर्शन गर्नेछ।” राजाले आफ्नो युट्युब च्याटसो क्रिक्कास्टमा बताएका हुन्। “ठूला सट खेल्ने ब्याट्सम्यानहरुले संघर्ष गर्नेछन्। जति क्रिस लिन, पोलार्ड, पान्ड्या दाजुभाई। स्पिन राम्रो खेलेता पनि हार्दिकले पनि संघर्ष गर्नसक्छन्।”

“मलाई लाग्छ यो पटक आईपीएलमा टिम छनौट फरक हुनेछ। फास्ट बलिंग गर्न मुस्किल हुनेछ त्यसैले बलिंगमा धेरै विविधता देख्न पाइनेछ।”

मुम्बई इन्डीएन्सका पोलार्ड उत्कृस्ट लयमा रहेका छन्

राजाले दर्शकविहिन स्टेडियममा आईपीएल खेल्दा खेलाडीहरुको उर्जामा कमि हुने धारणा राखेका छन्। उनका अनुसार विशेषरुपमा दर्शकको ठूलो उपस्थितिमा खेल्ने कोलकाता जस्तो टिमको लागि मुस्किल हुनसक्नेछ।

“बन्द स्टेडियम र जैव सुरक्षित माहोलमा बस्नु तपाई जेल भित्र बसेको जस्तो हो। त्यसको बाबजुद तपाईले उत्कृस्ट प्रदर्शन गर्नुपर्नेछ। त्यसैले यो काम मुस्किल हुनेछ। किनकि आईपीएल दर्शक बिना अधुरो छ।”

ठूला टिमहरुले घरेलु मैदानमा पाउने फाइदा युएईमा पाउनेछैनन्। कोलकाताले इडन गार्डेनमा खेल्दा खेलको महत्वपूर्ण समयमा दर्शकको साथले निकै फाइदा पुग्छ। त्यस्तै बैंगलोरलाई बैंगलोरमा खेल्दा फाइदा हुनेगर्छ। त्यसले यो हेर्न रोचक हुनेछ कि टिमहरुले यस्तो माहोलमा आफुलाई कसरि ढाल्नेछन्।”

आईपीएल सेप्टेम्बर १९ देखि युएईमा सुरु हुँदैछ जसको पहिलो खेलमा डिफेन्डिङ च्यापियन मुम्बई इन्डीएन्स र चेन्न्नाइ सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन्।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/deepak-chahar-practice-wn20/

https://wicketnepal.com/ipl-t20-mumbai-team-prev-wn20/

https://wicketnepal.com/uae-pitch-not-high-scoring-wn20/

https://wicketnepal.com/kohli-ipl-team-rcb-balance-wn20/

https://wicketnepal.com/ipl-steyn-speed-bowl-wn20/

https://wicketnepal.com/ipl-purple-cap-jitna-sakne-3-bowler/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy