इन्डियन प्रिमियर लिग ( आईपीएल ) को दोश्रो फेजको खेलहरु युएईमा सुरु भएको छ। लिगको ३० औं खेलमा चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स प्रतिस्पर्धा गर्दैछन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले टस जितेरे पहिले ब्याटिंग गर्ने निर्णय लिएका छन्।
खेलमा चेन्नाईले चार वटा विदेशी खेलाडीको रुपमा फाफ डु प्लेसी, मोईन अलि, ड्वेन ब्राभो र जोश हेजलवुडलाई मौका दिएको छ। इंग्ल्यान्ड अलराउण्डर स्याम करन क्वारेन्टाइनमै रहेको हुँदा उनि पहिलो खेलको लागि उपलब्ध थिएनन्। टसको क्रममा धोनीले विकेट राम्रो भएको र राम्रो योगफल बनाएर मुम्बईलाई दबाब दिने बताए।
चेन्नाईको अन्तिम ११ – Faf du Plessis, Ruturaj Gaikwad, Moeen Ali, Suresh Raina, Ambati Rayudu, MS Dhoni(w/c), Ravindra Jadeja, Dwayne Bravo, Shardul Thakur, Deepak Chahar, Josh Hazlewood
मुम्बई कप्तान रोहित शर्मा फिट नहुँदा आज खेल्ने छैनन्। रोहितको स्थानमा काईरन पोलार्डले टिमको कप्तानी सम्हाल्नेछन्। यस्तै हार्दिक पान्ड्या पनि फिट नहुँदा अन्तिम-११ मा छैनन्। २३ वर्षीय ब्याट्सम्यान अमोलप्रित सिंहले मुम्बईबाट आज डेब्यु गर्ने पक्का भएको छ। विदेशी खेलाडीको रुपमा मुम्बईले क्विन्टन डीकक, एडम मिल्ने र ट्रेन्ट बोल्टलाई खलाएको छ।
मुम्बईको अन्तिम ११ – Quinton de Kock(w), Ishan Kishan, Suryakumar Yadav, Anmolpreet Singh, Kieron Pollard(c), Saurabh Tiwary, Krunal Pandya, Adam Milne, Rahul Chahar, Jasprit Bumrah, Trent Boult
लिग अंक तालिकामा चेन्नाई ७ खेलमा ५ जित र २ हारपछि १० अंक बटुल्दै दोश्रो स्थानमा रहेको छ। मुम्बई ७ खेलमा ४ जित र ३ हार पछि ८ अंक सहत चौंथो स्थानमा छ। आजको जितले चेन्नाई शिर्ष स्थानमा पुग्नेछ भने मुम्बई जितेमा दोश्रो या तेश्रो स्थानमा पुग्न सक्नेछ।
पछिल्लो भेट : मुम्बई र चेन्नाई बीच पहिलो फेजमा भएको खेलमा मुम्बई ४ विकेटले विजयी भएको थियो। काईरन पोलार्डले ३४ बलमा ८७ रन बनाउदा चेन्नाईले दिएको २१९ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा भेटाएको थियो। खेलमा चेन्नाईका अम्बाती रायडुले २७ बलमा ७२ रन बनाएका थिए।
