रिशभ पन्तको शतकले जोगाएन दिल्लीको हार , हैदरावाद प्ले अफमा

  • विकेटनेपाल – २८ बैशाख, शुक्रवार 

सनराइजर्स हैदरावाद इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट को यस संस्करणको प्ले अफमा पुग्ने पहिलो टोलि बनेको छ । बिहिवार राति सम्पन्न खेलमा हैदरावादले दिल्ली डेयरडेभिल्सलाई ९ विकेटले हराएको हो ।

टस जित्दै घरेलु मैदानमा ब्याटिंगको निर्णय लिएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रन जोडेको थियो । जवाफमा १८८ रनको लक्ष्य हैदरावादले खेल सकिन ७ बल बाँकी छदाँ मात्र १ विकेट गुमाउंदै भेट्टाउन सफल भयो । यो हैदरावादले सफलतापुर्वक पिछा गरेको सबैभन्दा ठुलो स्कोर समेत हो । यसअघि सन् २०१४ मा चेन्नाई सुपरकिंग्स बिरुद्द हैदरावादले १८६ रनको पिछा गर्दै खेल जितेको थियो ।

हैदरावादलाई जिताउन धवन – विलियम्सन जोडीको रेकर्ड साझेदारी :

यस संस्करणमा आफ्नो बलिंगको सहयोगमा खेल जित्दै आएको हैदरावादलाई १८८ रनको लक्ष्य पिछा गर्न सहज थिएन । स्पिनर र स्लोअर बलरलाई सहयोग पुर्याईरहेको दिल्लीको पिचमा शिखर धवन र केन विलियम्सनले उत्कृस्ट साझेदारी गर्दै जितको नक्सा कोरे ।

Shikhar Dhawan - Kane Williamson
Shikhar Dhawan – Kane Williamson

टोलिको खातामा मात्र १५ रन हुँदा ओपनर एलेक्स हेल्स पभेलियन फ़र्किएपछि मैदान प्रवेश गरेका कप्तान विलियम्सनले धवनसंग अविजित १७६ रनको साझेदारी गर्दै हैदरावादलाई जित दिलाए । विलियम्सन र धवन बिचको सो साझेदारी हैदरावादका ब्याट्सम्यानहरूले बनाएको सबैभन्दा ठुलो साझेदारी समेत हो । यसअघि सन् २०१७ मा कलकता नाइट राइड्रस बिरुद्द शिखर धवन र डेभिड वार्नरले १३९ रनको साझेदारी गरेका थिए ।

म्यान अफ दि म्याच बनेका धवनले अविजित ९२ रन जोडे । मात्र ५० बल खेलेका उनले ९ चौका र ४ छक्का प्रहार गरेका थिए । यस्तै विलियम्सनले समेत ५३ बलमा ८३ रनको सानदार इनिंग खेले । उनको इनिंगमा ८ चौका र २ छक्का सामेल थियो ।

रिशभ पन्तको शतकले जोगाएन दिल्लीको हार :

यसअघि पहिले ब्याटिंग गरेको दिल्ली डेयरडेभिल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रन जोडेको थियो । कुनै समय ४३/३ को अवस्थामा रहेको दिल्लीलाई ठुलो स्कोर तर्फ लैजाने क्रममा रिसभ पन्तले आक्रमक ब्याटिंग गर्दै शतक जोडेका थिए । ६३ बलको सामना गरेका पन्तले १२८ रन बनाउंदा १५ चौका र ७ छक्का प्रहार गरेका थिए। यो उनको आइपिएल करियरको पहिलो शतक समेत हो ।

Risabh Pant
Risabh Pant

हैदरावाद बिरुद्द २० ओभरमा १८८ रन जोगाउन नसक्दा दिल्लीले हार बेहोर्न पुग्यो । हार संगै रिसभ पन्तले बनाएको शतक समेत पराजित टोलिका ब्याट्सम्यानले बनाएको उच्च स्कोर बनेको छ । यसअघि सन् २००८ मा डेकन चार्ज्र्स का एन्ड्रीयु सिम्मोन्सले राजस्थान रोयल्स बिरुद्द अविजित ११७ रन बनाएपनि उनको टोलि पराजित भएको थियो ।

जितसंगै ११ खेलबाट १८ अंक बटुलेको हैदराबादले अन्तिम ४ मा स्थान सुरक्षित गरेको छ । यस्तै हार बेहोरेको टोलि दिल्ली डेयरडेभिल्सको भने ११ खेलबाट ६ अंक रहेको छ र प्ले अफको रेसबाट बाहिरिएको छ ।

Photos : iplt20.com





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]