IPL : फाइनल पुग्न असफल भएपछि दिल्ली कप्तान रिशभ पन्तले भने “म संग व्यक्त गर्ने शब्द छैन”

रोमान्चक खेलमा कोलकातासंग ३ विकेटले पराजित हुँदै १४ औं संस्करणको आईपीएल फाइनलमा पुग्न चुकेपछि दिल्ली क्यापिटल्सका कप्तान रिशभ पन्तले निराशा व्यक्त गरेका छन्। शारजाह मैदानमा दिल्लीले दिएको १३६ रनको लक्ष्य मात्र १ बल बाँकी रहंदा कोलकाताले ७ विकेट गुमाएर भेटायो र चेन्नाईसंग फाइनलमा भेट पक्का गर्यो।

खेलपछि अन्तर्वार्ताको क्रममा दिल्ली कप्तान पन्तले बताए – “म संग व्यक्त गर्ने शब्द छैन र केहि भन्न सक्दिन। हामीले आफूमाथि विश्वास राख्यौं र जति सक्दो लामो समय खेलमा रहने प्रयास गर्यौं। बलरहरुले झन्डै खेल तानीसकेका थिए तर दुर्भाग्यवस हाम्रो पक्षमा नतिजा आउन सकेन।”

लक्ष्य पछ्याउने क्रममा कोलकातालाई अन्तिम ४ ओभरमा मात्र १३ रन आवस्यक हुँदा ८ विकेट बाँकी थियो। त्यो अवस्थामा दिल्लीले खेलमा पुनरागमन गर्दै खेल अन्तिम ओभरको पाँचौ बलसम्म पुर्याउन सफल रह्यो। १२३/१ को अवस्थाबाट कोलकाता १३०/७ को अवस्थामा पुग्दा अन्तिम ओभरको तेश्रो र चौंथो बलमा लगातार दुई विकेट पछि राहुल त्रिपाठीले छक्का प्रहार गर्दै कोलकातालाई जिताए।

पन्तले पहिलो इनिंग्समा दिल्लीले ब्याटिंग गर्दा मध्यम ओभरमा कोलकाताले राम्रो बलिंग गरेको बताए – “उनीहरुले मध्यम ओभरमा राम्रो बलिंग गरे जति बेला हामीले स्ट्राइक रोटेट गर्न सकेनौं।”

अंकतालिकाको शिर्ष स्थानमा रहँदै प्लेअफ पुगेको दिल्ली पहिलो क्वालीफायरमा चेन्नाईसंग पराजित भएको थियो। दोश्रो क्वालीफायरमा पराजित हुँदै फाइनल पुग्न चुक्ता पनि पन्तले अर्को सिजन राम्रो गर्नेमा विश्वास व्यक्त गरे-  “दिल्ली क्यापिटल्स सकारात्मकताको लागि जनिने गर्छ र आशा छ हामि अर्को सिजन अझ बलियो रुपमा पुनरागमन गर्न सक्नेछौँ। हामीले निकै राम्रो क्रिकेट खेल्यौं। हो माथि र तल हुन्छ तर हामि सकारात्मक रहनेछौँ। विश्वास छ हामी अर्को सिजन अझ राम्रो हुनेछौँ।”

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy