सेमीफाइनलमा भारतले पन्तलाईनै निरन्तरता दिने सम्भावना

२०७९ कार्तिक २३, बुधबार १०:२१

टि-२० विश्वकपको एडिलेड ओभलमा हुने इङ्ल्यान्ड विरुद्धको बिहिबार हुने दोस्रो सेमिफाइनलका लागि भारतले अन्तिम एघारमा परिवर्तन नगर्ने सम्भावना प्रवल मानिएको छ।

अपरिवर्तित टिमको अर्थ जिम्बाब्वे विरुद्ध आफ्नो पहिलो खेल खेलेका विकेटकिपर बायाँ हाते ब्याट्सम्यान ऋषभ पन्तले अनुभवी विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकको ठाउँ पुनः लिन सक्छन्।

प्रतियोगिताको सुरुवाती ४ खेलमा पन्त पहिलो रोजाइमा थिएनन्। उनले जिम्बाब्वे बिरुद्ध सुपर-१२ चरणको खेलमा मौका पाउँदा ३ रन बनाएका थिए। लयमा नदेखिएका पान्ड्याले दक्षिण फ्रिका बिरुद्ध २, बंगलादेश बिरुद्ध ५ तथा जिम्बाब्वे बिरुद्ध १८ रन बनाएका थिए। कार्तिकले,   तथा बंगलादेश बिरुद्ध ७ रन बनाएका थिए।

कार्तिकलाई मंगलबार (नोभेम्बर ८) मा नेटमा सबैभन्दा लामो समयसम्म ब्याटिङ गरेको देखिएको थियो। तर पनि पन्तनै महत्वपूर्ण खेलको लागि रोजाइमा पर्ने देखिन्छ। पन्त प्राथमिकतामा पर्नुको कारण हालसम्म हार्दिक पान्ड्याले ब्याटिंगबाट खास योगदान गर्न नसक्नु पनि हो। पन्तले फिनिसरको भूमिका निभाउन पर्ने हुनसक्छ।

अपरिवर्तित टिम संयोजनको अर्थ पनि लेगस्पिनर युजवेन्द्र चहलको तुलनामा बायाँ हाते स्पिनर अक्षर पटेललाई प्राथमिकता दिइनेछ। चहल १५ सदस्यीय विश्वकप टोलीका एकमात्र सदस्य हुन् जसले अष्ट्रेलियामा भएको विश्वकपमा अहिलेसम्म अन्तिम एघारमा भाग लिने मौका पाएका छैनन्। सेमिफाइनलमा इङ्ल्यान्ड विरुद्ध रिस्ट स्पिनर ल्याउने थोरै सम्भावना पनि छ तर बिहीबारको प्रतियोगिताको लागि अन्तिम खेलको विजयी टिमनै रहनेछ, जबसम्म खेल अगाडी परिस्थिति र मौसममा ठूलो परिवर्तन हुँदैन।

यसैबीच, रोहित शर्मा नेटमा बलले लाग्दा चोट लागेता पनि महत्वपूर्ण खेलको लागि उपलब्ध हुने भएका छन्। उनको चोट त्यति गम्भीर छैन। चोटको केहि समयमा शर्मा ब्याटिंगमा फर्केका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy