नेपाली क्रिकेट समर्थक समाजको पाचौं साधारण सभा तथा तेस्रो अधिबेशन शनिबार काठमाडौमा सम्पन्न भएको छ । आगामी दुई बर्षको लागि सस्थाको नीति तथा कार्यक्रम तय गर्नुका साथै नारायण पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै साधारण सभा सम्पन्न भएको हो । साथै समर्थक समाजले सातै प्रदेशमा सम्वन्वय समिती गठन गर्ने प्रस्ताब पारित समेत गरेको छ ।
आगामी २ बर्षका लागि चुनिएको कार्यसमितिमा अध्यक्षमा नारायण पराजुली संगै उपाध्यक्षमा रेजिना बस्नेत सचिबमा शुभ दुलाल सहसचिबमा मोहन ज्ञाबली कोषाध्यक्षमा अच्युत पान्डे , त्यसैगरी सदस्यहरुमा तारा पाठक , केदार शर्मा , मनिस कार्की नियुक्त भएका हुन्। त्यस्तै प्रदेश सम्योजकको रुपमा साधारणसभाले प्रदेश न १ मा ईश्वर रेग्मी , प्रदेश न ३ मा विशाल पौडेल र प्रदेश, प्रदेश न ५ मा सागर पङेनी चयन समेत गरेको छ । बाँकी प्रदेशमा कार्यसमितिले संयोजक तोक्ने छ ।
संस्थाका संस्थापक सदस्य , आजिबन सदस्य , बिभिन्न जिल्ला सम्वन्वय समितीका संयोजक साथै साधारण सदस्यहरु सहभागी साधारण सभामा सस्थाको संगठनात्मक अबस्था बारे निबर्तमान अध्यक्ष बिराज घिमिरेले , गतिबिधी / प्रगती बिबरण सचिब नारायण पराजुलीले प्रस्तुत गरेका थिए भने आर्थिक बिबरण कोषाध्यक्ष कपिल श्रेष्ठले प्रस्तुत गरेका थिए । संस्थाले बर्षभरी गरेको गतिबिधीको आधारमा चितवन जिल्ला सम्वन्वय समितीलाई उत्कृष्ट जिल्ला समेत घोषणा गरिएको छ । त्यसबाहेक सहभागीहरुले संस्थाको विभिन्न नितिगत योजना साथै आगामी २ बर्षको कार्यक्रमहरुमा आ- आफ्नो धारणा ब्यक्त गरेका थिए ।