फोटोहरुमा हेर्नुस जोन्टी-११ र पारस-११ बीचको रोमान्चक च्यारिटी खेल

  • विकेटनेपाल, मङ्सिर-८ , शनिवार  

अस्टिम केयर नेपाल सोसाइटीको सहयोगार्थ शनिबार टियु क्रिकेट मैदानमा जोन्टी रोड्स-११ र पारस खड्का-११ बीच मैत्रीपूर्ण च्यारिटी  क्रिकेट खेलिएको छ।

नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एड द्वारा आयोजित ‘राइज अफ द क्रिकेटिंग स्टार्स विथ जोन्टि रोड्स’ कार्यक्रम अन्तर्गत बिश्व क्रिकेटका महान फिल्डर कहलिएका जोन्टी रोड्स नोभेम्बर १२ तारिकमा नेपाल आएका हुन्। करिब २ हफ्ते नेपाल बसाईको क्रममा जोन्टिले नेपाली यु-१९ टिम र अन्य उमेर समुहका खेलाडीहरु, प्रशिक्षकहरु, महिला राष्ट्रिय क्रिकेटरहरुलाई क्रिकेटको बिभिन्न पाटोमा प्रशिक्षण दिए।

अन्य दिन क्रिकेट सिकाउन ब्यस्त रहेका जोन्टी शनिबार भने आफ्नो पुरानै रुपमा फर्किए अर्थात् सन् १९९२ देखि २००३ सम्म दक्षिण अफ्रीकाको लागि अन्तर्राष्ट्रिय क्रिकेटमा जमेका जोन्टि पहिलो पटक टियु मैदानमा जोन्टि-११ टिमको प्रतिनिधित्व गर्दै उत्रीए।

जोन्टिसंगै मैदानमा प्रख्यात अभिनेता सुनिल थापा र कमेडीयन सन्दिप क्षेत्री पनि उत्रिएका थिए। थापा जोन्टि र क्षेत्रीले पारसको टिमबाट खेलमा सहभागिता जनाए।

खेलको क्रममा आकर्षणको केन्द्र बनेका जोन्टीले उत्कृस्ट क्याच लिंदै सबैको मन जिते र आफ्नो उत्कृस्ट फिल्डिंगको झल्को हावामा रहेको आफ्नो बिपरिततर्फको बललाई सुन्दर तरिकाले समात्दै दिए। उनले ब्याटिंग र विकेटकिपिंगमा पनि उतिकै सक्रियता देखाए भने क्याच लिए पछि जोन्टीको खुसि झनै हेर्न लायक थियो।

क्याच लिए पनि रोड्सले यसरी खुसि मनाए

उता अभिनयको कारण सबैको मन जितेका सुनिल थापाले पनि अफस्पिन बलिङ्ग र ब्याटिंग कौसल देखाउदै क्रिकेट खेल्न पोख्त रहेको देखाए।

तर च्यारिटी खेलमा सबैभन्दा बढी आकर्षण भने कमेडीयन सन्दिप क्षेत्री बन्न पुगे। पारस-११ को लागि सुरुवातमै ब्याटिंग गर्न गएका क्षेत्रीले ब्याटिंग गर्दा होस् वा फिल्डिंग र बलिङ्ग गर्दा लगातार मैदानमा उपस्थित १ हजार आस-पास दर्शकलाई हँसाईनै रहे।

ब्याटिंग गर्दा १४ रनमा आउट भएका सन्दिपले १० रन पुरा गर्दा शतक प्रहार गरे जसरि ब्याट उठाए भने आउट भएपछि उनि मैदानबाट बाहिरिने क्रममा दोहोरो शतकनै प्रहार गरे जसरि ब्याट उठाउदै बाहिरएका थिए। बलिङ्ग गर्दा बिभिन्न शैली देखाएर हँसाएका सन्दिप आउट भए पछि खेलको कमेन्टेटरको भूमिकामा उत्रेर झनै लामै समय हँसाए।

हेर्नुस सन्दिपको बलिङ्ग गर्ने तरिका

१ विकेट समेत लिए पछि त झनै सन्दिपको सेलेब्रेसन हेर्नलायक थियो

खेलमा पारस खड्काले देब्रे हातले बलिङ्ग र देब्रे हातलेनै ब्याटिंग गरेर पनि देखाए

खेलमा पहिले ब्याटिंग गरेको पारस खड्का-११ ले २० ओभरमा २०९ रन बनाएको थियो र २१० रनको लक्ष्य जोन्टी-११ ले अन्तिम ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो।

खेलमा पुर्व राष्ट्रिय क्रिकेटरहरु राजु बस्नेत, कलाम अलि, मनिश राज पाण्डे, धिरेन्द्र चन्द, दिपेन्द्र चौधरी खेलेका थिए भने राष्ट्रिय क्रिकेटरहरु सुबास खकुरेल, बिनोद भण्डारी, अनिल साह, आसिफ शेख, आरिफ शेख, दिपेन्द्र ऐरि, ललित भण्डारी, ललित राजबंशी तथा यु-१९ राष्ट्रिय क्रिकेटरहरुले समेत सहभागिता जनाएका थिए।

Dipendra Airee
Dipendra Airee

खेल पछि जोन्टि रोड्स र उनिसंगै आएका पुर्व विन्डीज र अफगानिस्तानका फिल्डिंग प्रशिक्षक रायन मरुनलाई सन्दिप क्षेत्रीले नेपाली ढाका टोपी लगाएर सम्मान गरेका थिए भने प्रशिक्षण क्याम्पमा सहभागी खेलाडीहरु र प्रशिक्षकहरुलाई जोन्टिले प्रमाण पत्र प्रदान गरेका थिए। प्रशिक्षण क्याम्पमा उत्कृस्ट प्रदर्शन गरे बापत रोड्सले कमल सिंह ऐरिलाई ब्याटिंग ग्लोब्स पुरस्कार प्रदान गरे।

Naresh Budhair
Naresh Budhair

 

Paras Khadka
Paras Khadka
Jonty Rhodes
Jonty Rhodes
Binod Bhandari

( फोटोहरु – सकुश केसी / विकेटनेपाल )





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]