लिस्ट ‘ए’ मा हजार रन पुरा गर्दै पारसले कायम गरे नयाँ किर्तिमान

  • विकेटनेपाल, फाल्गुन २४ 

नेपाली रास्ट्रीय क्रिकेट टिमका कप्तान पारस खड्का लिस्ट ए क्रिकेटमा एक हजार रन पुरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । स्कटल्याण्डसंग एकदिवसीय बिश्वकप छनौट अन्तर्गत जारि दोश्रो खेलमा किर्तिमानसम्म पुग्न पारसलाई ९ रन आवस्यक थियो जसलाई पुरा गर्दै पारसले इतिहास बनाएका हुन्।

सन् २०१४ मा युएईसँग खेल्दै लिस्ट ए क्रिकेटको सुरुवात गरेका पारसले स्कटल्याण्डसंगको खेल अघिसम्म २९ इनिंगमा ब्याटिंग गर्दै ३५.३९ रनको औसतमा ९९१ रन बनाएका थिए। नामिबियामा गत महिना डिभिजन-२ मा व्यक्तिगत सर्वाधिक अविजित ११२ रन बनाएका पारसको नाममा २ शतक ६ अर्धशतक रहेको छ।

यस्तो छ प्रत्येक टिमबिरुद्द रेकर्ड ( स्कटल्याण्डसंग जारि खेलको रन समाबेस छैन ) 

बिपक्षी खेल इनिंग अविजित रन सर्बाधिक औसत १०० ५०
क्यानाडा ३ ३ ० ९४ ७७ ३१.३३ – १
हंगकंग २ २ ० ५५ २९ २७.५० – –
केन्या ३ ३ ० ६२ ४२ २०.६६ – –
नामिबिया ४ ४ ० २०७ १०३ ५१.७५ १ १
नेदरल्याण्ड ४ ४ ० १३२ ८४ ३३.०० – १
ओमान १ १ ० १७ १७ १७.०० – –
पपुवा न्यु गिनी २ २ ० ६४ ५८ ३२.०० – १
स्कटल्याण्ड २ २ ० ८० ७० ४०.०० – १
युगान्डा २ २ ० ३५ ३० १७.५० – –
युएई ५ ५ १ २०५ ११२* ५१.२५ १ १
जिम्बाबे १ १ ० ४० ४० ४०.०० – –

 

नेपालको लागि लिस्ट ए क्रिकेटमा सर्बाधिक रन बनाउने खेलाडीहरु

खेलाडी खेल इनिंग रन सर्बाधिक औसत १०० ५०
पारस खड्का* २९ २९ ९९१ ११२* ३५.३९ २ ६
ज्ञानेन्द्र मल्ल ३२ ३२ ८६३ ९१* २९.७५ – ४
शरद भेसावकर ३१ ३० ८३७ ८१* ३३.४८ – ६
बिनोद भण्डारी २१ २० ३९६ ७३ २२.०० – १
बसन्त रेग्मी ३१ २५ २६२ ४५ १६.३७ – –

अहिलेसम्म पारसले खेलेका लिस्ट ए प्रतियोगिताहरु

प्रतियोगिता खेल इनिंग रन सर्बाधिक औसत १०० ५०
विश्वकप छनौट २०१४ ५ ५ ११७ ३० २३.४० – –
विश्व क्रिकेट लिग डिभिजन २, २०१५ ६ ६ १८५ ७७ ३०.८३ – २
विश्व क्रिकेट लिग च्याम्पियनसिप २०१५/१७ ११ ११ ४०८ १०३ ३७.०९ १ ३
विश्व क्रिकेट लिग डिभिजन २, २०१७ ६ ६ २४१ ११२* ४८.२० १ १
विश्वकप छनौट २०१८* १ १ ४० ४० ४० – –

( सबै रेकर्ड स्कटल्याण्डसंगको खेल भन्दा अघिको हो )

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy