लिस्ट ‘ए’ मा हजार रन पुरा गर्दै पारसले कायम गरे नयाँ किर्तिमान

  • विकेटनेपाल, फाल्गुन २४ 

नेपाली रास्ट्रीय क्रिकेट टिमका कप्तान पारस खड्का लिस्ट ए क्रिकेटमा एक हजार रन पुरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । स्कटल्याण्डसंग एकदिवसीय बिश्वकप छनौट अन्तर्गत जारि दोश्रो खेलमा किर्तिमानसम्म पुग्न पारसलाई ९ रन आवस्यक थियो जसलाई पुरा गर्दै पारसले इतिहास बनाएका हुन्।

सन् २०१४ मा युएईसँग खेल्दै लिस्ट ए क्रिकेटको सुरुवात गरेका पारसले स्कटल्याण्डसंगको खेल अघिसम्म २९ इनिंगमा ब्याटिंग गर्दै ३५.३९ रनको औसतमा ९९१ रन बनाएका थिए। नामिबियामा गत महिना डिभिजन-२ मा व्यक्तिगत सर्वाधिक अविजित ११२ रन बनाएका पारसको नाममा २ शतक ६ अर्धशतक रहेको छ।

यस्तो छ प्रत्येक टिमबिरुद्द रेकर्ड ( स्कटल्याण्डसंग जारि खेलको रन समाबेस छैन ) 

बिपक्षी खेल इनिंग अविजित रन सर्बाधिक औसत १०० ५०
क्यानाडा ९४ ७७ ३१.३३
हंगकंग ५५ २९ २७.५०
केन्या ६२ ४२ २०.६६
नामिबिया २०७ १०३ ५१.७५
नेदरल्याण्ड १३२ ८४ ३३.००
ओमान १७ १७ १७.००
पपुवा न्यु गिनी ६४ ५८ ३२.००
स्कटल्याण्ड ८० ७० ४०.००
युगान्डा ३५ ३० १७.५०
युएई २०५ ११२* ५१.२५
जिम्बाबे ४० ४० ४०.००

 

नेपालको लागि लिस्ट ए क्रिकेटमा सर्बाधिक रन बनाउने खेलाडीहरु

खेलाडी खेल इनिंग रन सर्बाधिक औसत १०० ५०
पारस खड्का* २९ २९ ९९१ ११२* ३५.३९
ज्ञानेन्द्र मल्ल ३२ ३२ ८६३ ९१* २९.७५
शरद भेसावकर ३१ ३० ८३७ ८१* ३३.४८
बिनोद भण्डारी २१ २० ३९६ ७३ २२.००
बसन्त रेग्मी ३१ २५ २६२ ४५ १६.३७

अहिलेसम्म पारसले खेलेका लिस्ट ए प्रतियोगिताहरु

प्रतियोगिता खेल इनिंग रन सर्बाधिक औसत १०० ५०
विश्वकप छनौट २०१४ ११७ ३० २३.४०
विश्व क्रिकेट लिग डिभिजन २, २०१५ १८५ ७७ ३०.८३
विश्व क्रिकेट लिग च्याम्पियनसिप २०१५/१७ ११ ११ ४०८ १०३ ३७.०९
विश्व क्रिकेट लिग डिभिजन २, २०१७ २४१ ११२* ४८.२०
विश्वकप छनौट २०१८* ४० ४० ४०

( सबै रेकर्ड स्कटल्याण्डसंगको खेल भन्दा अघिको हो )

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy