अज्मलको एकै ओभरमा पारसको ४ छक्का !

टु एक्स क्रिकेट युएसए कपको फाइनलमा पुर्ब बिश्व नम्बर १ एकदिवसीय बलर सईद अज्मलको एकै ओभरमा ४ वटा छक्का प्रहार गरेपछि नेपाली राइनोजका कप्तान पारस खड्काले वाहवाहि बटुलेका छन्।

अमेरिकाको मुसा क्रिकेट स्टेडीयममा सम्पन्न फाइनलमा हस्टन स्पार्क्सको प्रतिनिधित्व गरेका अज्मललाई पारस खड्काले कुनै मूल्य दिएनन् र एकै ओभरमा २४ रन प्रहार गरे। खेलको १४ औ ओभरमा बलिंग गर्न आएका अज्मललाई पारसले ओभरको पहिलो बलमै छक्का प्रहार गरि स्वागत गरेका थिए।

टेस्ट क्रिकेटमा पाकिस्तानको लागि सबैभन्दा छिटो १०० विकेट लिने अफस्पिनर अज्मलको पहिलो बलमै छक्का प्रहार गरेपछि पनि पारस रोकिएनन्। ओभरको तेश्रो, पाचौ र छैठौ बलमा पनि पारसले छक्का प्रहार गरे। लगातार बिशाल छक्का प्रहार गरेका पारसको अगाडी बिश्व क्रिकेटका कुनै बेलाका बलिंग जादुगर निरिह देखिए।


पारसले आक्रामक ब्याटिंग गर्दै ३८ बलमा ७७ रनको इनिंग खेल्ने क्रममा कुल ६ चौका र ६ छक्का प्रहार गरे। अज्मलले आफ्नो ४ ओभरमा कुनै पनि विकेट हात पर्न सकेनन् र ५६ रन खर्चे जुन नेपाली राइनोजको जितको लागि महत्वपूर्ण बन्न पुग्यो।

३५ टेस्टमा १७८ विकेट लिएका अज्मलले अन्तिम पटक गत बर्ष अप्रिलमा बंगलादेशसंग सिरिज खेलेका थिए ।

सन् २०१४ मा आईसीसीले बलिंग याक्सनमा औला ठड्याउदै अन्तर्राष्ट्रिय क्रिकेटमा बलिंग गर्न प्रतिबन्ध लगाएपछि अज्मलले पुनः २०१५ मा बंगलादेश टुरमा पाकिस्तानी टोलिमा पुनरागमन गरेका थिए ।

टु-एक्स युएसए कपमा हस्टन स्पार्कस् टिमबाट पाकिस्तानी विकेटकिपर ब्याट्सम्यान कामरान अकमल पनि खेलेका थिए जसले राइनोज संग १९ रन मात्रै बनाउन सकेका थिए । यस्तै अर्का  पाकिस्तानी रास्ट्रिय क्रिकेटर असद अलिले भने ३ विकेट लिंदै उत्कृस्ट बलिंग गरेका थिए जो प्रतियोगिताकै उत्कृस्ट बलर समेत चुनिए ।

६० हजार डलर पुरस्कार राशीको प्रतियोगिता नेपाली राइनोजले हस्टन स्पार्कसलाई ५४ रनले पराजित गर्दै जितेको हो ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy