मलेसिया बिरुद्ध एकै खेलमा पारसले बनाए ५ ठुलो रेकर्ड

Paras Khadka

मलेसिया बिरुद्ध २ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्यो। यस क्रममा नेपालको जितमा कप्तान पारस खड्काले सर्वाधिक अविजित ८६ रन बनाउने क्रममा ८ चौका र ५ छक्का प्रहार गरे र खेलको प्लेयर अफ द म्याच चुनिन पुगे।

नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय क्रिकेट दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा पारसले ठुला रेकर्डहरु पनि कायम गरेका छन् –

१. सर्वाधिक व्यक्तिगत योगफल

पारस खड्काले बनाएको अविजित ८६ रन नेपाली ब्याट्सम्यानले टि-२० अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा ठुलो व्यक्तिगत योगफल हो। सुबास खकुरेलले सन् २०१४ टि-२० विश्वकपमा अफगानिस्तान बिरुद्ध नेपालको लागि पहिलो अर्धशतक बनाउने क्रममा ५६ रन बनाएका थिए। पारसले सुबासलाई उछिन्ने क्रममा ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरे।

पारस खड्का – ८६ ( बिरुद्ध मलेसिया २०१९ ) , सुबास खकुरेल – ५६ ( बिरुद्ध अफगानिस्तान २०१४ ) , पारस खड्का ५४ ( बिरुद्ध नेदरल्याण्ड २०१५ ) , सन्दिप जोरा ( ५४ बिरुद्ध युएई २०१९ )

Paras Khadka ( Photo – Raman Shiwakoti )

२. सर्वाधिक अर्धशतक 

मलेसियासंग अर्धशतक प्रहार गरेसंगै पारस टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि २ वटा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन्। यस अघि पारसले नेदरल्याण्ड बिरुद्ध २०१५ मा अर्धशतक बनाएका थिए। यस्तै सुबास खकुरेल र सन्दिप जोराको नाममा पनि १/१ अर्धशतक रहेको छ।

३. छिटो अर्धशतकको आफ्नै रेकर्ड तोडे 

अविजित ८६ रन बनाउने क्रममा पारस खड्काले मात्र ३२ बलमा अर्धशतक पुरा गरेका थिए। खेलको १४ औं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै पारसले अर्धशतक बनाएका थिए। यस क्रममा पारसले आफ्नै रेकर्ड तोडेका हुन्। नेदरल्यान्ड बिरुद्ध २०१५ मा टि-२० सिरिज खेल्ने क्रममा पारसले ३५ बलमा अर्धशतक पुरा गरेका थिए।

पारस खड्का – ३५ बल ( बिरुद्ध नेदरल्याण्ड २०१५ )
सन्दिप जोरा – ४१ बल ( बिरुद्ध युएई २०१९ )
सुबास खकुरेल –  ४८ बल ( बिरुद्ध अफगानिस्तान २०१४ )

४. एकै खेलमा सर्वाधिक चौका र छक्का 

८६ रन बनाउने क्रममा पारसले ८ चौक्का र ५ छक्का प्रहार गरे। नेपाली ब्याट्सम्यानले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा प्रहार गरेको योनै सर्वाधिक चौका र छक्का पनि हो। यस अघि एकै खेलमा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान सन्दिप जोरा थिए जसले युएई बिरुद्ध यसै वर्ष टि-२० सिरिजमा उक्त किर्तिमान बनाएका थिए। यस्तै धेरै चौकाको रेकर्ड भने पारस खड्का, सुबास खकुरेल र सोमपाल कामिको नाममा रहेको थियो जसले एकै खेलमा ६ चौका प्रहार गरेका थिए।

Sharad Vesawkar, Paras Khadka  ( Photo – Raman Shiwakoti )

५. नेपाली ब्याट्सम्यानको सर्वाधिक चौका र छक्का 

मलेसियासंग ८ चौका र ५ छक्का प्रहार गरेसंगै पारसले शरद भेसावकरको नाममा रहेको नेपालको लागि टि -२० अन्तर्राष्ट्रियमा सर्वाधिक छक्काको रेकर्ड आफ्नो नाम गरेका छन्।

पारसले १६ खेलमा कुल ३५ चौका र ७ छक्का प्रहार गरेका छन्। मलेसियासंगको खेल अघिसम्म शरदको ३ छक्का र पारसको २ छक्का मात्र रहेको थियो। शरदले मलेसियासंग १ छक्का प्रहार गरे। पारस पछि छक्का प्रहार गर्नेमा दोश्रो स्थानमा अब शरद,सोमपाल र सन्दिप रहेका छन् जसको कुल छक्का ४ र चौका १६ रहेको छ। धेरै चौका प्रहार गर्ने रेकर्डमा भने दोश्रो स्थानमा ज्ञानेन्द्र मल्ल रहेका छन् जसले कुल २४ चौका प्रहार गरेका छन्।  यस्तै सोमपाल कामि र सन्दिप जोराको पनि ४/४ वटा छक्का रहेको छ।

पारस खड्का – ३५ चौका , ७ छक्का, शरद भेसावकर – १६ चौका र ४ छक्का , ज्ञानेन्द्र मल्ल – २४ चौका र २ छक्का , सोमपाल कामि – १० चौका र ४ छक्का

पारसको नाममा रहेका अन्य रेकर्डहरु – 

पारस खड्काको नाममा टि-२० अन्तर्रष्ट्रिय क्रिकेटमा १६ खेलको १५ इनिंगमा कुल ३७६ रन बनाएको छ जुन नेपाली ब्याट्सम्यानको सर्वाधिक रन हो। यस क्रममा उनले २८.९२ प्रति खेलको औशतले रन बनाएका छन् जुन १०० रन भन्दा बढी रन बनाउने नेपाली ब्याट्सम्यान मध्ये सर्वाधिक औशत हो। दोश्रो स्थानमा रहेका शरद भेसावकरको औशत २१.५ रहेको छ।

टि-२० अन्तर्राष्ट्रियमा सबैभन्दा बढी औशत भएका नेपाली ब्याट्सम्यान सन्दिप जोरा हुन् जसले ३ खेल खेल्दा औशत ४१ रहेको छ। तर उनले मात्र ८२ रन बनाएका छन्। यस्तै पारसले ११७.१३ को स्ट्राइक रेटमा रन बनाएका छन् जुन १०० रन भन्दा बढी रन बनाउने नेपाली ब्याट्सम्यानको सर्वाधिक हो।

नेपालको लागि टि-२० अन्तर्रराष्ट्रियमा सबैभन्दा बढी बल खेल्ने ब्याट्सम्यान पनि पारस खड्कानै हुन् जसले १६ खेलको १५ इनिंगमा ३२१ बल खेलेका छन्। दोश्रो धेरै बल शरद भेसावकरले २२९ र तेश्रो धेरै ज्ञानेन्द्र मल्लले २१२ बल खेलेका छन्। पारस र ज्ञानेन्द्रले नेपालको लागि सबैभन्दा धेरै १५ इनिंगमा ब्याटिंग गरेका छन्।

नेपालले खेलेको सबै १६ वटा टि-२० अन्तर्राष्ट्रियमा खेल्ने खेलाडी पारस खड्का, ज्ञानेन्द्र मल्ल र सोमपाल कामि हुन्। बसन्त रेग्मीले १४ तथा शरद भेसावकर र बिनोद भण्डारीले समान १२ खेल खेलेका छन्।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]