खेल हेर्न पुगेका नेपाली दर्शक फर्कनु परेपछि पारसको असन्तुस्टी र सुझाव

  • विकेटनेपाल, माघ-१८ , शुक्रबार 

युएई बिरुद्ध दोश्रो टि-२० मा जित पछि नेपाली कप्तान पारस खड्काले दिपेन्द्र ऐरिले आफ्नो जिम्मेवारी पुरा गरेको बताएका छन्। यस्तै उनले दोश्रो टि-२० हेर्न पुगेका धेरै दर्शकहरुले मैदान भित्र प्रवेश नपाउदा असन्तुस्टी व्यक्त गर्दै आयोजकलाई सुझाव समेत दिएका छन्।

खेलममा युएईले दिएको १०८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो ५ विकेट ४६ रनमा गुमाउन पुगेको थियो। हारको खतरा बढीरहेको अवस्थामा ऐरिले अविजित ४७ रनको इनिङ्ग खेल्ने क्रममा अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा २० औं ओभरको दोश्रो बलमा छक्का र तेश्रो बलमा चौका प्रहार गर्दै नेपाललाई रोमान्चक जित दिलाएका थिए। ऐरिनै खेलको प्लेयर अफ द म्याच समेत चुनिन पुगे।

“यो नै उनको भूमिका हो” खड्काले ऐरिको इनिंग बारे बताए “पछिल्लो ४ खेलमा उनि रन बनाउन सकीरहेका थिएनन्”

“उनि त्यस्ता खेलाडी हुन् जो माथि हामीले भरोसा गर्न सक्छौं। उनले यस अघि पनि यस्तो काम गरेका छन् र आशावादी छु कि उनि यस्तै रहनेछन् , म खुसि छु उनको लागि कि उसले रन बनाएका छन् र नेपाललाई जित दिलाएका छन्”

ऐरि युएईसंग एकदिवसीय सिरिजको ३ वटा खेलमा क्रमश: ० , १० , ६  रनमा आउट भएका थिए भने पहिलो टि-२० मा पनि ४ रन मात्र बनाएका थिए। लगातार फ्लप भए पछि ऐरिले पुनः आफ्नो महत्व देखाएका हुन्।

Dipendra Airee
Dipendra Airee

खेलमा हार पछि युएईका देब्रे हाते स्पिनर सुल्तान एहमदले १३ ओभरसम्म युएईले खेल जित्नेमा ढुक्क रहेको बताए।

“हामी यो खेल जित्नेमा ढुक्क थियौं। नेपालको इनिंगको १३ औं ओभरसम्म हामि खेलमा थियौं बिशेष गरि सुरुवाती विकेटहरु लिएपछि।  १३ औं ओभर पछि हामीले केहि फिल्डिंगमा गल्ति गर्यौं भने २ वटा रन आउटको मौका गुमायौं। तर हामि अर्को खेलमा बलियो रुपमा प्रस्तुत हुनेछौँ”

दुई टिम बीच सिरिज अन्तर्गत तेश्रो तथा निर्णायक टि-२० अन्तर्राष्ट्रिय आइतबार नेपाली समय २:४५ बजे दिउसो खेलिनेछ। तेश्रो टि-२० जितेमा नेपालले जितेको यो पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिज हुनेछ।

दर्शक मैदान भित्र छिर्न नपाएपछि पारसको असन्तुस्टी 

युएईसंग दोश्रो टि-२० मा नेपालको खेल हेर्न १,८०० जना दर्शकहरुलाई मात्र मैदान भित्र प्रवेश दिईएको थियो। त्यो भन्दा बढी दर्शकहरुले मैदानमा प्रवेश नपाउदा धेरै नेपाली दर्शकहरुले प्रत्यक्ष खेल हेर्ने मौका गुमाए।

पारस खड्काले खेल पछि युएई स्थानीय पत्रिका द नेसनलसंग प्रतिक्रिया दिने क्रममा युएई क्रिकेटले नेपाली समर्थकहरुलाई ध्यानमा राखेर आगामी आयोजनामा आयोजना स्थल चयन गर्नु पर्ने बताएका छन्। नेपाल-युएई सिरिजको एकदिवसीय र टि-२० गरि सबै ६ खेल आईसीसी एकेडेमीमा भइरहेको छ।

युएई क्रिकेट बोर्डले सिरिज अघि १ हजार दर्शक भन्दा बढीलाई आईसीसी एकेडेमी मैदानमा प्रवेश नदिने घोषणा गरिसकेकको थियो। तर अन्य खेल भन्दा शुक्रबार दर्शकहरु ठुलो संख्यामा मैदान पुग्दा धेरै मैदान भित्र प्रवेश पाएनन्।

“यो मैदान स्तरीय र उत्कृस्ट छ, पिच र सुविधाहरु विश्वस्तरीय छन्”  पारसले थपे-

“नेपाल जस्तो खालको हाम्रो समर्थकहरु छन् त्यसको आधारमा मलाई लाग्छ अर्को पटक यो भन्दा राम्रोसंग खेलको व्यवस्थापन गर्न सकिन्छ। यो भन्दा राम्रो ठाउँमा दर्शकहरुलाई खेल हेर्ने व्यवस्था गर्नु आवस्यक छ”

Photo – Thenational.ae

खेल हेर्न पुगेका दर्शकहरु मैदान भित्र प्रवेश नपाए पछि उनीहरुले किन खेल आईसीसी स्पोर्ट्स एकेडेमीको सट्टा दुबई स्पोर्ट्स सिटि, अबुदाबी अथवा शारजाहाँमा आयोजना भएन भन्ने प्रश्न गरेको द नेसनलले लेखेको छ। 

“क्रिकेट पछ्याउने धेरै दर्शकहरु छन्। स्थान भन्दा पनि अझ सुबिधाहरु दिनु आवस्यक छ जो खेल हेर्न आउनेगर्छन्” पारसले बताएका छन्।

( द नेसनल पत्रिकाको लागि पल र्याडलिले गरेको कुराकानी )





थप समाचार

नेपाल ५८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]