‘पोखरा रंगशालाको क्रिकेट मैदान अन्तर्राष्ट्रिय खेलका लागि उपयूक्त’ पारस खडका

२०७५ चैत्र १०, आईतवार १२:१६

  • पोखरा, ९ चैत ।

नेपाली क्रिकेट टिमका कप्तान पारस खडकाले पोखरा रंगशालाको क्रिकेट खेल मैदान एक दिवशिय क्रिकेट प्रतियोगिताका लागि उपयूक्त भएको बताएका छन्।

पोखरा प्रिमिएर लिग (पिपिएल) को दोस्रो संस्करणको तयारीका लागि पोखरा आएका पारसले काठमाण्डौ त्रिबी क्रिकेट मैदान संगै पोखरा रंगशालाको क्रिकेट मैदान नेपालमानै उपयूक्त भएको बताउँदै यदि त्रिबी क्रिकेट मैदानलाई आइसिसीले मान्यता दिएमा नेपालको अर्को उपयूक्त मैदान भनेको नै पोखरा रंगशालाको क्रिकेट मैदान भएको बताए ।

नेपालको क्रिकेट संघले अझै पनि फुकुवा नपाइसकेको अवस्थाले नेपाली क्रिकेटले आशातित सफलता नपाएको बताउने पारसले पोखरा रंगशालामा सन २०२० सम्म कुनै एक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनागर्ने सोचका साथ अघि बढेको बताए –

‘गत संस्करणको पिपिएलमा सहभागी केही अन्तर्राष्ट्रिय खेलाडीहरुले पनि मैदान उपयूक्त रहेको र यहाँको पिचमा खेल्नु छुट्टै अनुभव संगालेको कुरा आफूलाई बताएको’ कप्तान पारसले उजागर गरे ।

पोखराको क्रिकेट मैदानमा धेरै निर्माण गरेर ठूलो खर्च गर्नु भन्दा पनि यसलाई प्राकितिक रुपमा नै रहने दिएर केही अत्यावश्एक कुराहरु मात्रै निर्माण गर्न सके राम्रो हुने र त्यसका लागि ७० देखि ८० लाख खर्च गरे पुग्ने कप्तान पारसले बताए । उनले पोखरा रंगशालमा एउटा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेर उदाहरणका रुपमा प्रस्तुत गर्न चाहेको समेत बताए ।

यता गण्डकी प्रदेश मुख्यमन्त्रि पृथ्बी शुब्बा गुरुङले शनिबार पोखरा रंगशाला आएर पिपिएलको आयोजक क्विन्स इभेन्ट मेनेजमेन्टको टोली संग पनि पोखरा रंगशालाको क्रिकेट मैदानको स्त्तरोन्नतीका बारेमा छलफल गरेका थिए । सो अबसरमा मुख्य मन्त्रि गुरुङले संघिय सरकार र प्रदेश सरकारको खेलकुद निती प्रष्ट नभइसकेकोले पनि पूर्वाद्धार बिकास अगाडी बढन नसकेको प्रष्ट पारेका छन् ।

तर पनि नेपाली टिमको कप्तान पारस खडका नै आएर क्षेत्रको क्रिकेट बिकासमा चासो दिएको हुनाले पनि आफू एक खेलप्रेमी भएको नाताले केही गर्नु पर्छ भन्ने लागेको मुख्य मन्त्रि गुरुङले बताए । उनले पोखरा रंगशाला क्रिकेट मैदानमा आवश्यक पूर्वाद्धार निर्माणका लागि परियोजनापत्र तयार गर्न क्विन्सइभेन्टलाई आग्रह गरेका छन् ।

सो अबसरमा मुख्यमन्त्रि गुरुङलाई पिपिएलको आगामी तयारी बारे क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी गराएका थिए । सो अबसरमा प्रदेस सासंद राजिब पहारी, गण्डकी प्रदेश सरकारका राजनितिक सल्लाहाकार गोबिन्द नेपाली, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुबन पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

( समाचार साभार – PokharaSports.com , फोटो – सुदर्शन रञ्‍जित)

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy