पारसको आक्रामक अर्धशतक र सन्दिपको ५ विकेटमा नेपालको शानदार जीत

Paras Khadka
  • विकेटनेपाल, असोज २० 

मलेसियामा जारि आइसीसी टि -२० विश्वकप एसिया रिजन ( पूर्वी ) छनौट प्रतियोगिता अन्तर्गत नेपालले लगातार दोश्रो जित हात पार्ने क्रममा मलेसियालाई सहजै ८ विकेटले पराजित छ। यस अघि नेपालले पहिलो खेलमा म्यानमारलाई पनि ८ विकेटलेनै पराजित गरेको थियो।

खेलमा टस जितेर ब्याटिंग रोजेको मलेसियाले दिएको १०१ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर १२.४ ओभरमा पुरा गरेको हो।

लक्ष्य पछ्याउने क्रममा नेपालको लागि कप्तान पारस खड्काले अविजित अर्धशतकीय इनिंग खेले। आक्रमक ब्याटिंग गरेका खड्काले ५२ रन बनाउन ३७ बलमा २ छक्का र ५ चौका प्रहार गरे। यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित २७ रन बनाए जुन क्रममा २४ बलमा २ चौका र १ छक्का प्रहार गरे।

यस अघि नेपालले पहिलो २ विकेट ३२ रनको योगफलमा गुमाएको थियो जुन क्रममा  अनिल साह १ र बिनोद भण्डारी १२ रन बनाएर आउट भए। मलेसिया बलर सयद एजाज र पभनदिप सिंहले १/१ विकेट लिए।

सन्दिपको शानदार बलिङ्ग 

यस अघि पहिलो इनिंगमा सन्दिप लामिछानेले उत्कृस्ट बलिंग प्रदर्शन गर्दै ५ विकेट हात पारेपछि मलेसिया १०० रनमा समेटिएको थियो।

बायुमास ओभल मैदानमा टस जित्दै ब्याटिंग गर्न उत्रिएको मलेसियाले १९.३ ओभरमा सबै विकेट गुमाएर १०० रन मात्र जोड्न सक्यो। उसको इनिंगमा शफिक शरिफले सर्वाधिक ४९ रन जोड्न बाहेक अन्यको प्रदर्शन सुखद रहन सकेन। ओपनिंग गर्न उत्रिएका शरिफले ३७ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए।

Sandeep Lamichhane
Sandeep Lamichhane ( FIle Photo )

३६ रनको स्कोरमा २ विकेट गुमाएपछि मलेसियाका लागि अहमद फैज र शफिक शरिफले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गर्दै इनिंग उकास्ने प्रयास गरेका थिए। तर आफ्नो दोस्रो स्पेलमा बलिंग गर्न आएका सोमपाल कामीले लगातार दुई बलमा दुई विकेट लिंदै मलेसियाको ब्याटिंग धरासायी बनाएका थिए।

नेपालको बलिंगमा सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट हात पारे।  आफ्नो ४ ओभरको स्पेलमा सन्दिपले २० रन खर्चिएर ५ विकेट चट्काए।  यसअघि म्यान्मार बिरुद्धको पहिलो खेलमा समेत सन्दिपले व्यक्तिगत ४ विकेट हात पारेका थिए।

यस्तै सोमपाल कामीले ३ विकेट हात पार्न १६ रन तथा पारस खड्काले १ विकेट हात पार्न १४ रन खर्चिए। नेपालले मलेसियाको १ विकेट भने रन आउट स्वरूप हात पारेको थियो।

सन्दिपको उत्कृस्ट ५ बलिङ्ग स्पेल

५ विकेट (४-०-२०-५) बिरुद्ध मलेसिया (आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) )
५ विकेट ( १०-२-२७-५ ) बिरुद्ध हंगकंग ( एसिया कप छनौट , २०१८ )
५ विकेट ( १०-५-२०-५ ) बिरुद्ध केन्या ( आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ , २०१८ )
४ विकेट ( ८.२-२-१८-४ ) बिरुद्ध नामिबिया ( आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ , २०१८ )
४ विकेट ( ८-०-२९-४ ) बिरुद्ध पपुवा न्यु गिनी ( आईसीसी बिश्वकप छनौट , २०१८ )

प्रतियोगिता अन्तर्गत नेपालले आगामी खेलमा आइतबार थाईल्याण्डको सामना गर्नेछ।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]