बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा पारस खड्का निर्वाचित

paras khadka bagmati province

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा निर्वाचित भएका छन् ।

आज भएको चुनावमा उमेश पियालाई पछि पार्दै पारस अध्यक्ष निर्वाचित भएका हुन् । उनले २३ मत पाए भने पियाले १४ मत पाए ।

१३ सदस्यीय कार्यसमितिमा पारससहित उनको टिमबाट १२ जना चयन भएका छन् ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy