पारसको आक्रामक अर्धशतक पछि नेपाल जिततर्फ अग्रसर

paras khadka

पारस खड्काले आक्रामक ब्याटिंग गर्दै अर्धशतक बनाएपछि आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत युएईसंगको खेलमा नेपाल जित तर्फ अग्रसर भएको छ।

एक किनारमा लगातार विकेट गएपनि दबाब बिना ब्याटिंग गर्दै पारसले ४३ बलमा ५ छक्का र २ चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन्। त्यस क्रममा पारसले अद्नान राजाको १६ औं ओभरमा लगातार २ छक्का हिर्काएका थिए।

अर्धशतक पुरा गरेपछि पारस १८ औं ओभरको दोश्रो बलमा अमिर हायातको बलमा क्याच आउट हुन पुगे।कप्तानी इनिंग खेल्दै खड्काले ५१ रन बनाउन ४८ बलमा २ चौका र ५ छक्का प्रहार गरे।

पारस आउट भएपछि नेपालले १८ ओभरमा ७८ रन बनाएर ५ विकेट गुमाएको छ।

खेलको ताजा अपडेट 

११५ रन लक्ष्य पछ्याउने क्रममा ओपनर ज्ञानेन्द्र मल्ल ( ५ रन ) र दिलिप नाथ ( २ रन ) मै आउट भए भने दिपेन्द्र ऐरी ( ४ रन ) पनि लामो समय क्रिजमा जम्न सकेनन्।

सातौँ ओभरमा २०/३ को अवस्थाबाट पारस खड्का र शरद भेसावकरले चौथो विकेटको लागि २६ रनको साझेदारी गर्दै स्कोर अघि बढाए। तर शरदले पारसको साथ धेरै बेर दिन सकेनन् र १३ औं ओभरमा ३ रन बनाएर रोहन मुस्तफाको बलमा एलबुडब्लु आउट भएका थिए।

 

युएईको इनिंग 

वर्षाले मैदान भिजेका कारण निर्धारित समय भन्दा ३ घण्टा ढिला सुरु भएको खेलमा नेपालले टस जितेर पहिले बलिंग गर्ने निर्णय गरेको थियो।

युएई इनिंगको पहिलो ओभरमै सोमपाल कामिले युएई ओपनर अस्फाक अहमदलाई खाता नखोल्दै पेभेलियन फर्काए। त्यसपछि सातौँ ओभरमा सोमपाललेनै १६ रन बनाएर ब्याटिंग गरिरहेका घुलाम शब्बिरलाई शरद भेसावकरको हातबाट क्याच आउट गराएका थिए।

२५ रनको स्कोरमा २ विकेट गुमाएको युएईले लगत्तै ओभरमा सोहि योगफलमै कप्तान रोहन मुस्तफा ( ७ रन ) लाई पनि गुमाएपछि ७.१ ओभरमा युएईको स्कोर २५/३ पुग्यो। मुस्तफालाई करन केसीले आउट गर्ने क्रममा प्रतियोगितामै विकेटको खाता पनि खोले।

३ विकेट गुमेपछि रामिज शाहजाद र शैमन अनवरले चौथो विकेटको लागि २९ रनको साझेदारी गर्दै खेलमा फर्किने प्रयास गरे। तर १८ औं ओभरमा आफ्नो पहिलो ओभर बलिंग गर्न आएका सन्दिप लामिछानेले २ बलमा २ विकेट हात पारेपछि युएई ५४/५  खराब अवस्थामा पुग्यो।

त्यसपछि पनि युएईको विकेट झर्ने क्रम रोकिएन ३० रन बनाएर खेलीरहेका शैमन अनवरलाई सन्दिपले बोल्ड गरेपछि युएईको तल्लो क्रमलाई पारस खड्का र सोमपाल कामिले आउट गरे। १८ रन बनाएका अद्नान मुफ्ती र १५ रन बनाएका मोहम्मद बुटालाई पारसले आउट गरे भने एह्मद राजा ( ८ रन ) र मोहम्मद नाभेद ( १० रन ) को विकेट सोमपालले लिंदै युएई इनिंग समाप्त गरेका थिए।

सोमपालले सार्बधिक ४ विकेट ( ७-०-३-४ ) , सन्दिपले ३ विकेट ( ७-१-३०-३ ) तथा पारसले २ विकेट ( ७-२-२०-२ ) हात पारे। करन केसीले १ विकेट ( ५-०-१७-१ ) लिए।

 





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]