पारसले उत्कृस्ट बलिंग गर्दा प्रदेश-३ को पहिलो जित

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिनको मुलपानी मैदानमा सम्पन्न खेलमा पारस खड्का कप्तानीको प्रदेश-३ ले प्रदेश-५ लाई ६ विकेटले पराजित गरेको छ।

समुह ‘ए’ अन्तर्गत रहेको  प्रदेश-३ को प्रतियोगितामा यो पहिलो जित हो। यस अघि एपीएफसंग प्रदेश-३ ४१ रनले पराजित भएको थियो। अंकतालिका 

खेलमा टस जितेर प्रदेश-३ ले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको प्रदेश-५ ले कमजोर ब्याटिंग गर्ने क्रममा ४२ ओभरमा १२२ रनमा सम्पूर्ण विकेट गुमाएको थियो। १२३ रनको लक्ष्य प्रदेश-३ ले २१.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।

प्रदेश-३ को लागि ओपनर रित गौतम र रबिन जोशीले पहिलो ७२ रनको ओपनिंग साझेदारी गर्दै जितको आधार तयार गरेका थिए। रितले ३७ र रबिनले ३५ रन बनाए। इशान पाण्डेले अविजित २१ र आदील खानले अविजित १२ रन बनाउदै टिमलाई जितसम्म पुर्याए। पारस खड्का १ र अभिषेक बस्नेत २ रन बनाएर आउट भए।

प्रदेश-५ को बलिंगमा अनिल खरेल ( ३-०-२६-२ ) र सिद्धान्त शाहीले ( ४-१-१६-२ ) २/२ विकेट लिए।

पारस खड्का र सुर्य तामांगको उत्कृस्ट बलिंग 

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा प्रदेश-५ लाई १२२ रनमा सिमित गर्न कप्तान पारस खड्काले ४ र सुर्य तामांगले ३ विकेट लिए।

पारसले १० ओभरमा ३ मेडन ओभर गर्दै २४ रन खर्चिए भने तामांगलले १० ओभरमा ३ ओभरनै मेडन गर्दै १६ रन खर्चिए। यस्तै नन्दन यादबले २ विकेट ( ८-१-३१-२ ) र प्रतिश जिसीले १ विकेट ( १०-४-२५-१ ) लिए।

प्रदेश-५ को लागि ब्याटिंगमा शुबेन्दु पाण्डेले सर्वाधिक २० रन बनाए भने सुरज दराईले १८, सन्दिप सुनारले १४ र सौरभ खनालले १३ रन बनाए। प्रदेश-३ ले अतिरिक्तको रुपमा २२ रन खर्चेको थियो।

Surya Tamang

( फिचर फोटो , फाइल – पारस खड्का  )





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]