पारस खड्काको शतकले टरेन हार, रोमान्चक खेल जित्दै युएईले जित्यो डिभिजन-२

UAE Cricket Team ICC WCL Division 2 Winner
  • विकेटनेपाल, फाल्गुन ३ – बिहिबार 

पारस खड्काले शतकीय इनिंग खेले पनि लक्ष्यबाट मात्र ७ रनले चुक्न पुग्दा नेपालले आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ को उपविजेतामै चित्त बुझाउनु परेको छ।

लिस्ट ‘ए’ क्रिकेटमा आफ्नो दोश्रो शतक प्रहार गर्नेक्रममा पारसले अविजित ११२ रन ( १०३ बल, ८ छक्का र ३ चौका ) बनाए पनि अर्को किनारमा ब्याट्सम्यानहरुले ठुलो रन बनाउन नसक्दा नेपाल थोरै रनले चुक्न पुग्यो। योसंगै युएई डिभिजन-२ को बिजेताको रुपमा मार्चमा आयोजना हुने २०१९ एकदिवसीय बिश्वकप छनौटमा जानेछ।

बिश्वकप छनौटमा नेपाल डिभिजन-२ को उपविजेताको रुपमा समूह “बि” मा अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड र हंगकंगको समुहमा रहनेछ। समुह “ए” मा वेस्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड र पपुवा न्युगिनी र युएई रहनेछ।

नेपालको ब्याटिंग 

युएईले पहिले ब्याटिंग गर्दै दिएको २७८ रनको लक्ष्य पछ्याउने क्रममा ओपनर दिलिप नाथ र ज्ञानेन्द्र मल्लले पहिलो विकेटको लागि २२ रन जोडेपछि मल्ललाई सिसिल पर्भेजले क्याच आउट गरेका थिए। ज्ञानेन्द्र आउट भएको अर्को बलमै कप्तान पारस खड्का पनि आउट हुँदा नेपालले लगातार २ बलमा २ विकेट गुमाउन पुग्यो। २५ बलमा १ छक्का मदतले ज्ञानेन्द्र ९ रन बनाएर आउट भए।

ज्ञानेन्द्रको विकेटपछि पारस र दिपेन्द्र ऐरीले तेश्रो विकेटको लागि ७३ रनको साझेदारी गरे। दिपेन्द्र ३५ रन ( ६६ बल, २ छक्का ) बनाएर आउट भए।

Dilip Nath, Gyanendra Malla
Dilip Nath, Gyanendra Malla

दिपेन्द्र पछि शरद भेसावकर र पारसले चौथो विकेटको लागि ६३ रनको साझेदारी गरे। तर शरदले पनि व्यक्तिगत ३० रनमा ( ३७ बल, ३ चौका ) विकेट गुमाएपछि लगत्तै आरिफ शेख ( ७ रन ) पनि पेभेलियन फर्किए।

रोहित पौडेलले २३ रन ( १७ बल, ३ चौका ) बनाएर छैठौ विकेटको लागि पारससंग ४२ रनको साझेदारी गर्दै नेपालको स्कोर २०० पार गराए। ४६ औं ओभरमा रोहित पनि पेभेलियन फर्किंदा अघिल्लो खेलका हिरो करन केसीले ( २ रन ) पनि खास योगदान दिन सकेनन्। सोमपाल कामि पनि ६ रनमै आउट भएपछि नेपालले पुरै ५० ओभर ब्याटिंग गर्दा ८ विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो र ७ रनको हार बेहोर्न बाध्य भयो।

अन्तिमसम्म अविजित रहेका पारसले १०३ बल खेल्दै ११२ रन बनाउने क्रममा ८ छक्का र ३ चौका प्रहार गरे।

युएईको ब्याटिंग

युएई ओपनर तथा कप्तान रोहण मुस्तफा र अश्फाक अहमदले पहिलो विकेटको लागि शतकीय साझेदारी गर्दै युएईलाई ठुलो स्कोरतर्फ डोर्याएका थिए। २५ औं ओभरमा बसन्त रेग्मीले मुस्तफालाई ५१ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए। मुस्तफाले ७४ बलमा ७ चौका प्रहार गरे।

मुस्तफाको विकेटपछि अश्फाकले दोश्रो विकेटको लागि घुलाम शब्बिरसंग ५४ रनको साझेदारी गरे। शब्बिरलाई १८ रनको स्कोरमा सन्दिप लामिछानेले रन आउट गरे। अर्को किनारमा विकेट गए पनि विकेट जोगाउदै अहमदले शतक पुरा गरे। १२३ बलमा १० चौका र ३ छक्का प्रहार गरेपछि ११४ रनको व्यक्तिगत स्कोरमा अहमदलाई सन्दिपले ४३ औं ओभरमा आउट गरे। तेश्रो विकेटको लागि अहमदले रामिज शहजादसंग ४८ रन जोडे।

शाहजादले चौथो विकेटको लागि शैमन अनवरसंग ५५ रनको साझेदारी गर्दै युएईको स्कोर २५० पार गराए। अनवरलाई ४९ औं ओभरमा ४० रनको व्यक्तिगत स्कोरमा सोमपाल कामिले आउट गरे। रमिज शाहजादले अविजित ४१ रन ( ४६ बल, १ चौका र १ छक्का ) प्रहार गर्दै युएईको स्कोर ५० ओभरमा २७७/४ पुर्याए।

प्रतियोगितामै पहिलो पटक कमजोर देखिने क्रममा नेपालको लागि सोमपाल कामि, बसन्त रेग्मी र सन्दिप लामिछानेले समान १/१ विकेट हात पारे। करन केसी, पारस खड्का र शरद भेसावकर विकेट बिहिन रहे।

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]