‘हाम्रो सपना पुरा भएको छ, त्यसैले असाध्यै खुशी छौँ’ पारस खड्का

Paras Khadka
  • विकेटनेपाल – २ चैत्र, शुक्रवार

आइसीसी एकदिवसीय विश्वकप छनौट अन्तर्गत बिहिवार भएको खेलमा नेपालले पपुवा न्यू गिनीलाई ६ विकेटले पराजित मात्र गरेन, एक दिवसीय राष्ट्रको मान्यता प्राप्त गर्दै इतिहास समेत रच्यो। आईसीसीबाट ४ वर्षको लागि अस्थायी एक दिवसीय मान्यता प्राप्त गर्दै नेपालले यो ऐतिहासिक उपलब्धि हात पारेसंगै नेपाली क्रिकेट टोलिले अब ४ बर्षको लागि आफ्नो भाग्य निर्धारण गरेको छ।

नेपालले ऐतिहासिक उपलब्धि हाँसिल गरेपछि चर्चित वेबसाइट क्रिकइन्फोसंग पारसले कुराकानी गर्दै नेपाली क्रिकेटमा यसले स्थिरता ल्याउने बताएका छन् – “यसले अब ४ बर्षको लागि स्थिरता ल्याएको छ। अब हामीसंग क्रिकेट बिकासको लागि पैसा हुनेछ, धेरै खेल खेल्न पाउनेछौं।”

कुराकानीमा पारसले एक दिवसीय मान्यता प्राप्त गर्दाको क्षण यसरी सम्झेका छन् – “हामीले पपुवा न्यू गिनीलाई पराजित गरेपछि अब हंगकंग नेदरल्याण्डसंग पराजित हुनुपर्ने अवस्था थियो। हामी सबैजना होटलको कोठामा इन्टरनेटबाट हंगकंग र नेदरल्याण्डको खेलको स्कोर हेर्दै थियौं।” उनले थपे- “हामी सबैजना बाबर हयातको विकेटको प्रतिक्षामा थियौं किनकी हामीलाई थाहा थियो हंगकंगलाई जित दिलाउन बाबरको भूमिका महत्वपूर्ण रहन्छ भनेर।”

प्लेअफमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेपछि हंगकंग नेदरल्याण्डसंग अर्को प्लेअफमा प्रतिस्पर्धा गर्दै थियो जुन खेल नेदरल्याण्डले जिते नेपालले एकदिवसीय मान्यता पाउथ्यो। नेदरल्याण्डले पहिले ब्याटिंग गर्दै बनाएको १७४ रनको जवाफमा ब्याटिंग गरेको हंगकंगले १३० रनमै सबै विकेट गुमाएपछि पारस खड्का र नेपाली टिमको खुसिको सिमा रहेन। त्यो अविस्मरणीय पलको बयान गर्दै पारस उत्साहित भए-

“र अन्त्यमा त्यो समय आयो जब हंगकंगले खेल हार्यो र हामी सन् २०२२ सम्मका लागि एक दिवसीय राष्ट्र बन्न सफल भयौं।”

“मैले सुरुमा बसन्तलाई अँगालो मारे अनि हामी व्यवस्थापक रमन शिवाकोटीको कोठामा पुग्यौं। त्यहाँ टोलिका अन्य सदस्यहरुले खुशी मनाउन थालिसकेका थिए।”

एकदिवसीय राष्ट्र बनेपछि नेपाली टिमको सामुहिक सेल्फी ( फोटो – सन्दिप लामिछाने, फेसबुक )

सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको नेपालले २२ बर्ष पछि एकदिवसीय राष्ट्रको पहिलो पटक मान्यता पाएको हो। सन् २०१० को डिभिजन-५ मा च्याम्पियन बनाउदै २०१४ को टि-२० बिश्वकप र एकदिवसीय मान्यतासम्मको यात्रामा नेपाली टिमको नेतृत्व गरेका ३० बर्षिय पारसले यसलाई नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठुलो दिन माने-

“यो हाम्रोलागि ठुलो सफलता हो। हाम्रो सपना पुरा भएको छ त्यसैलेपनि हामी असाध्यै खुशी छौँ। यो दिन नेपालि क्रिकेटको इतिहासमा सबैभन्दा ठुलो दिन हो र आशा छ हामी अझ अघि बढ्न सफल हुनेछौं।”

केहिदिन अघि मात्र आईसीसीले सार्वजनिक गरेको एक दिवसीय विश्वकप छनौट प्रतियोगिताको समूह चरणका उत्कृस्ट-११ खेलाडीको सुचिमा अटाएका खड्काको प्रदर्शन यस प्रतियोगितामा उत्कृस्ट रहेको छ। पारस सहित अन्य युवा खेलाडीहरु रोहित कुमार पौडेल, सन्दिप लामिछाने, दिपेन्द्रसिंह ऐरीले आफ्नो भूमिका अनुरुप प्रदर्शन गर्दा नेपाली टोलिले विश्वकपसम्म पुग्न नसकेपनि एक दिवसीय मान्यता जस्तो उपलब्धि हासिंल गरेको छ।

“यसको लागि हामीले धेरै अघि देखि मेहनत गरिरहेका थियौं। यो अवधिमा हामीले बिभिन्न परिस्थितिमा खेल जितेका छौं र फरक-फरक खेलाडीहरुले योगदान दिएका छन्। एउटा कप्तानको रुपमा टिमको नेतृत्व गर्न पाउदा म खुसि छु।”

Dipendra Airee
Dipendra Airee

प्लेअफमा नेदरल्याण्डसंग हंगकंग पराजित भएपछि नेदरल्याण्ड र नेपालले अब सातौँ र आठौ स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्। सातौँ स्थानको लागि मार्च १७ तारिकमा हुने खेल अगावै नेपाल एकदिवसीय राष्ट्र हुने पक्का भएको छ। हारसंगै हंगकंग र पपुवा न्यु गिनी डिभिजन-२ मा घटुवा हुने निश्चित भएको छ जो नवौं र दशौं स्थानको लागि खेल्नेछन्। प्रतियोगितामा नेपालले समुह चरणमा जिम्बाबे, स्कटल्याण्ड र अफगानिस्तानसंग पराजय बेहोरेपछि सुपर सिक्स चरण पुग्न असफल भएको थियो तर अन्तिम खेलमा हंगकंगलाई पराजित गरेपछि समुह ‘बि’ को चौथो स्थान हाँसिल गरेको थियो।

एकदिवसीय मान्यता पाएपछि नेपाललाई के फाइदा हुन्छ ?

१. एकदिवसीय मान्यता पाउनु भनेको नेपालको लागि निकै ठुलो फड्को हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नेपाललाई छुट्याउने बजेट ठुलो हुनेछ जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमणहरु, खेलाडीको भत्ता, सुबिधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ।

२. प्रतियोगिताहरु निकै कम खेल्न पाउने नेपालले नियमित रुपमा ठुला प्रतियोगिताहरु बिश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिताहरु खेल्न पाउनेछ। साथै एसिया कप जस्तो ठुलो प्रतियोगितामा समेत नेपालको सहभागिता सहज हुन सक्छ जहाँ भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता टेस्ट रास्ट्रहरु खेल्छन्।

३. यस्तै नेपालले अर्को एकदिवसीय राष्ट्रसंग खेलेको खेलले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाउनेछ र आईसीसीको वरियतामा नेपाली टिम उभिनेछ। नेपाली खेलाडीहरु बिश्व क्रिकेटका ठुला क्रिकेटरहरुसंगै बिश्व वरियतामा सामेल हुन पाउनेछन्।

Nepal Cricket Team
Nepal Cricket Team

४. नेपाली खेलाडीले यो स्तरमा बनाएको रेकर्ड बिश्वरेकर्डमा गनिनेछ। नेपालले टि-२० अन्तर्राष्ट्रियको मान्यता पाउदा सोमपाल कामिले दशौं नम्बरमा ब्याटिंग गर्दै सबैभन्दा धेरै रन बनाउने बिश्वरेकर्ड बनाएका थिए। अब नेपाली क्रिकेट टिम र नेपाली खेलाडीले अर्को एकदिवसीय राष्ट्रसंग बनाएको रेकर्ड बिश्वस्तरमा गणना हुनेछ।

५. बिश्व क्रिकेट जगतले नेपाललाई हेर्ने नजर परिवर्तन हुनेछ। ठुला लिगहरुमा नेपाली खेलाडीहरुको माग समेत बढ्ने सम्भावना समेत यसले बढाउनेछ।

६. एकदिवसीय मान्यता प्राप्त राष्ट्रहरुले एकअर्कासंग मैत्रीपूर्ण सिरिज खेल्न सक्छन्। आईसीसीले दिने बजेट धेरै हुनाले सिरिज खेल्न विदेश जान पनि टिमलाई सहज हुनेछ।

( फोटोहरु – आईसीसी )





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]