पारस खड्कालाई कोरोना संक्रमण

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का कोरोना संक्रमित भएका छन्। खड्काले ट्वीटरमार्फत आफ्नो शुक्रबार गरिएको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको बताएका छन्।

“हल्का लक्षणहरु देखिएपछि म बिगत २ दिन देखि आइसोलेसनमा बसीरहेको थिए। हिजो देखि मैले स्वाद र बास्ना पाउन छोडेपछि आज विहान कोभिड-१९ परिक्षण गराएको थिए जसको नतिजा पोजेटिभ आएको छ।”

पारसले आफु घरमै आइसोलेसनमा बसेको र संक्रमित भएका कारण शनिवार देखि चितवनमा सुरु हुने गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा सहभागी हुन नसक्ने समेत जानकारी गराएका छन्।

“म  घरमै आइसोलेसनमा बसीरहेको छु जसलाई निरन्तरता दिनेछु जहाँ डक्टरहरुको निर्देशनलाई पालना गर्नेछु। दुर्भाग्यवस चितवनमा भोलि देखि सुरु हुने गौतम बुद्ध कपमा म सहभागी हुन पाउनेछैन। प्रतियोगितामा सहभागी सबैलाई म शुभकामना व्यक्त गर्न चाहन्छु।”

शनिवार सुरु हुने गौतम बुद्ध कपमा पारस नारायणी टिमको कप्तानको रुपमा रहेका थिए। पारस अनुपस्थित हुने भएपछि टिमको कप्तानी कसले गर्ने घोषणा भएको छैन। टिममा सुबास खकुरेल, करन केसी, आरिफ शेख जस्ता सिनियर खेलाडीहरु रहेका छन्।

यस अघि राष्ट्रिय क्रिकेट टिमका अर्का भेट्रान क्रिकेटर बसन्त रेग्मीको दोश्रो कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि उनि पनि गौतम बुद्ध कप प्रतियोगितामा सहभागी जनाउन पाएनन्। घाइते भएका कारण दिपेन्द्र ऐरी र कुशल मल्ल पनि प्रतियोगितामा सहभागी छैनन्।

यस अघि एकदिवसीय फर्म्याटमा आयोजना हुने घोषित गरिएता पनि गौतम बुद्ध कप टि-२० फर्म्याटमा गर्ने बताईएको छ। प्रतियोगिताको पहिलो दिन शनिवार नारायणी र ज्ञानेन्द्र मल्ल कप्तानीको बागमती बीच खेलिनेछ। खेल ११ बजे बिहान सुरु हुनेछ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]