ज्ञानेन्द्र र पारस दुवै आउट हुँदा नेपाल समस्यामा

Paras khadka , gyanendra malla

क्यानडाले दिएको १९५ रनको लक्ष पछ्याउने क्रममा नेपालले कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ललाई गुमाएको छ। टस जितेर नेपालले फिल्डिंग रोजेपछि क्यानडाले पुरै ५० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर १९४ रन बनाएको थियो।

लक्ष पछ्याउने क्रममा ओपनर दिलिप नाथ र ज्ञानेन्द्र मल्लले पहिलो विकेटको लागि २२ रन जोडेपछि मल्ललाई सिसिल पर्भेजले क्याच आउट गरेका थिए। ज्ञानेन्द्र आउट भएको अर्को बलमै कप्तान पारस खड्का पनि आउट हुँदा नेपालले लगातार २ बलमा २ विकेट गुमाउन पुगेको हो। २५ बलमा १ छक्का मदतले ज्ञानेन्द्र ९ रन बनाएर आउट भए।

कप्तान र उपकप्तानको विकेट पछि क्रिजमा दिलिप नाथ र दिपेन्द्र ऐरी आएका छन्। यो समाचार तयार पार्दासम्म नेपालको स्कोर १० ओभर सकिंदा २८ रनको स्कोरमा २ विकेट गुमाएको छ। दिलिप नाथ १५ रन ( २७ बल, १ चौका ) तथा दिपेन्द्र ऐरी ३ रन ( ७ बल ) बनाएर ब्याटिंग गरिरहेका छन्।

nepal vs canada
nepal vs canada

क्यानडाको ब्याटिंग 

टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको क्यानडाले पुरै ५० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर १९४ रन बनाएको थियो ।प्रतियोगिताको टप-२ भित्र रहँदै मार्चमा जिम्बाबेमा खेलिने २०१९ एकदिवसीय बिश्वकप छनौट प्रतियोगिता खेल्न नेपाललाई क्यानडासंग जितको आवस्यकता छ।

प्रतियोगितामै १९५ रनको लक्ष्य नेपालले पाएको सबैभन्दा ठुलो लक्ष्य हो।अघिल्लो खेलमा नेपालले केन्याले दिएको १७८ रनको लक्ष्य पछ्याएर खेल जितेको थियो।

पहिलो विकेटको लागि सृमन्था विजेरत्ने र रुभिन्दु गुनसेकेराले ४६ रनको साझेदारी गरे। बसन्त रेग्मीले गुनसेकेरा ( ९ ) लाई क्याच आउट गरेपछि क्यानडाले लगातार विकेट गुमाएको थियो। नितिश कुमार ( ९ रन ) र धानुक पाथिराना ( २ रन ) लाई सन्दिपले आउट गरेपछि नभनित ढालीवाल ( ४ रन ) लाई बसन्त रेग्मीले आउट गर्दा क्यानडाले पहिलो ४ विकेट ९० रनको स्कोरमा गुमाएको थियो। ४ विकेट गुमेपछि पाँचौ विकेटको लागि हम्जा तारिकसंग सृमन्था विजेरत्नेले ४१ रनको साझेदारी गरे जुन साझेदारी करन केसीले ३६ औं ओभरमा तोडे।

त्यसपछि निरन्तर अन्तरलमा विकेट गुमाएपनि एउटा इनिंग विजेरत्नेले सम्हालिरहे। प्रतियोगितामा आफ्नो पहिलो खेल खेलीरहेका विजेरत्नेले करियरकै पहिलो शतक पुरा गर्दै अविजित १०३ रन बनाए। त्यसक्रममा उनले १५२ बल खेल्दै ८ चौका प्रहार गरे।

नेपालको लागि बसन्त रेग्मीले सर्बाधिक ३ विकेट ( १०-०-३४-३ ) तथा सन्दिप लामिछानेले २ विकेट ( ९-१-४०-२ ) हात पारे। करन केसी र शरद भेसावकरले पनि १/१ विकेट लिए।

प्रतियोगितामा नेपालको खेल र नतिजा 

पहिलो खेल – नेपालद्वारा नामिबिया १ विकेटले पराजित ( नामिबिया १३८ , नेपाल १३९/९ )
दोश्रो खेल – ओमानद्वारा नेपाल ६ विकेटले पराजित ( नेपाल १३८, ओमान १३९/४ )
तेश्रो खेल – नेपालद्वारा युएई ४ विकेटले पराजित ( युएई ११४ , नेपाल ११५/६ )
चौथो खेल – नेपालद्वारा केन्या ३ विकेटले पराजित ( केन्या १७७/८, नेपाल १७८/७ )

प्रतियोगिताको अंकतालिकामा टप-२ भित्र पर्दै मार्चमा जिम्बाबेमा आयोजना हुने २०१९ एकदिवसीय बिश्वकपमा छनौट हुन आज नेपालले खेल जित्नैपर्नेछ। क्यानडा र नेपाल दुवैले यस अघि सम्पन्न ४ खेलमध्ये ३ खेलमा जित र १ खेलमा हार बेहोरेका छन्।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]