प्रदेश-३ टिममा पारस र ज्ञानेन्द्र, पहिलो खेलमै आफ्नै पुर्व टिम एपीएफसंग प्रतिस्पर्धा

Paras Khadka , Gyanendra Malla

जेठ १० गते २५ गतेसम्म काठमाडौँमा आयोजना हुने प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताको लागि प्रदेश-३ क्रिकेट टिमको घोषणा भएको छ।

राष्ट्रिय खेलुकद परिषदले आयोजना गर्ने प्रतियोगिताको तेश्रो संस्करण आयोजना हुँदै गर्दा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले पहिलो पटक प्रतियोगिता खेल्ने भएका छन्।

प्रदेश-३ ले आज घोषणा गरेको प्रधानमन्त्रि कप खेल्ने टिमको कप्तानी पारसले गर्ने भएका हुन्। यस्तै टिमको उपकप्तानको रुपमा ज्ञानेन्द्र मल्ल पनि टिममा रहेका छन्।

घोषित प्रदेश-३ टिममा पारस खड्का कप्तान र ज्ञानेन्द्र मल्ल उपकप्तान बाहेक सोनु तामांग, जितेन्द्र सिंह ठकुरी, इशान पाण्डे, रित गौतम, प्रतिस जिसी, अभिषेक बस्नेत, सुर्य तामांग, सोनु देवकोटा, नन्दन यादव, गौतम केसी, आदील खान र रबिन जोशी रहेका छन्। जितेन्द्र, इशान, रित, प्रतिस, अभिषेक, सुर्य, नन्दन र आदीलले यु-१९ नेपाली राष्ट्रिय टिमबाट खेलीसकेका छन्।

टिमको प्रशिक्षकमा मन्जुर आलम खान रहेका छन् भने व्यवस्थापक सुमनराज कार्की रहेका छन्। टिमको वैकल्पिक खेलाडीहरुमा भुपेन्द्र थापा, रेवती यादव, सुभ कंसाकार र दिपक बोहरा रहेका छन् ।

प्रदेश-३ टिम :- पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल ( उपकप्तान ) , सोनु तामांग, जितेन्द्र सिंह ठकुरी, इशान पाण्डे, रित गौतम, प्रतिस जिसी, अभिषेक बस्नेत, सुर्य तामांग, सोनु देवकोटा, नन्दन यादव, गौतम केसी, आदील खान र रबिन जोशी

प्रदेश-३ को टिम छनौट गर्न २ वटा अभ्यास खेल आयोजना गरिएको जसमध्ये एउटा खेल वर्षाले प्रभावित हुँदा एक खेलको आधारमा टिम छनौट गरिएको टिमका व्यवस्थापक सुमन राज कार्कीले विकेटनेपाललाई जानकारी गराएका छन्। कार्कीका अनुसार प्रतियोगिताको लागि टिमले बिहिबार देखि अभ्यास सुरु गर्नेछ।

बिभागलाई चुनौती , आफ्नै पुर्व टिमसंग पारस-ज्ञानेन्द्रको पहिलो खेल 

पारस र ज्ञानेन्द्र सन् २०११ देखि शशस्त्र प्रहरी बल एपीएफबाट घरेलु क्रिकेट खेल्न थालेपनि पछिल्लो समय दुवै खेलाडीले एपीएफबाट खेलेका थिएनन्। त्यस अघि दुवै खेलाडीले क्रिकेट संघले आयोजना गर्ने प्रतियोगिताहरुमा तत्कालिन क्षेत्र नम्बर-३ को प्रतिनिधित्व गर्ने गर्थे।

प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता सुरु हुनु अघि राखेप सदस्य सचिव केशव विस्टले अघिल्लो सिजन प्रतियोगिता नखेलेका पारस र ज्ञानेन्द्र जस्ता खेलाडीलाई इंगित गर्दै यो पटक पनि नखेले स्पस्टिकरण सोध्ने बताएका थिए।

पारस खड्का र बिनोद भण्डारी सन् २०१३ मा एक रास्ट्रिय प्रतियोगिताको दौरान

विभागीय टिमको आगमन पछि सन् २०१०-११ पछि राष्ट्रिय टिमका अधिकांश खेलाडीहरु विभागीय टोलि पुलिस, एपीएफ र आर्मीबाट खेल्दै आएका छन्। राष्ट्रिय खेलाडीहरु बिभागबाट खेल्दा क्षेत्र र प्रदेशका टिमहरुले घरेलु प्रतियोगितामा तुलनात्मक रुपमा निकै कमजोर प्रदर्शन गर्ने गरेका छन्।

अधिकांश प्रतियोगिता विभागीय टिमले जित्दा खेल एकतर्फी भएको र प्रदेश टिमको सहभागिता कप जित्ने भन्दा औपचारिकता जस्तो देखिने गरेको छ। यो अवस्थामा पारस र ज्ञानेन्द्र जस्तको खेलाडीहरु प्रदेश-३ बाट खेल्नुले पक्कै विभागीय टिमलाई चुनौती हुनेछ।

प्रधानमन्त्री कपमा ७ प्रदेश र ३ विभागीय टिमहरु १० टिम सहभागी हुनेछन्। १० टिमलाई २ समुहमा बिभाजन गरिएको छ। समुह चरणमा दुवै समुहमा रहेका टिमहरुले एक-अर्कासंग १-१ खेल खेलेपछि दुवै समुहबाट उत्कृस्ट हुने २ टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

प्रदेश-३ समुह ‘ए’ अन्तर्गत रहेको छ जुन समुहमा प्रदेश-५ , सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र शशस्त्र प्रहरी बल रहेका छन्। समुह ‘बि’ मा प्रदेश-१ , प्रदेश-२ , कर्णाली प्रदेश, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।

प्रदेश-३ ले आफ्नो पहिलो खेल जेठ ११ गते एपीएफसंग खेल्नेछ। दोश्रो खेल जेठ १२ गते गण्डकी प्रदेशसंग तथा तेश्रो खेल जेठ १८ गते सुदुरपश्चिम प्रदेश तथा चौथो खेल जेठ २० गते प्रदेश-५ संग खेल्नेछ ।

पारस र ज्ञानेन्द्रको टिम प्रदेश-३ ले आफ्नो पहिलो खेलमा आफ्नै पुरानो टिम एपीएफसंग जेठ ११ गते टियु मैदानमा खेल्नेछ। स्टार खेलाडीहरुले भरिएको एपीएफ र अर्को तर्फ राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल खेल्ने प्रदेश-३ बीचको खेल सम्पूर्ण नेपाली समर्थकहरुले प्रतिक्षा गर्नेछन्।

प्रधानमन्त्री कपको विजेताले नगद २० लाख, उपविजेताले १० लाख हात पार्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद ५० हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा खेल हेर्न पुग्ने दर्शकले छक्का हानेको बल १ हातले समाते ५० हजार रुपैयाँ पुरस्कार दिने समेत आयोजकले घोषणा गरिसकेको छ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]